फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बेल्ट एण्ड रोड"मा सहभागी मुलुकहरुसँग चीनको एक्सप्रेस रेलको प्रबिधि उपभोग गर्न चीन इच्छुक

(GMT+08:00) 2018-03-15 15:49:25

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनका सदस्य,चिनियाँ रेल कम्पनीका पूर्व उप-मेनेजर लु छुन फाङले चीनको एक्सप्रेस रेलको प्रबिधि विशेष तथा एउटै मात्र रहेको बताउनुभएको छ। उहाँले"बेल्ट एण्ड रोड"मा सहभागी मुलुकहरुले एक्सप्रेस रेलको निर्माण गर्न चाहेमा चिनियाँ प्रबिधि उपयुक्त हुने भन्दै चीनको एक्सप्रेस रेलको प्रबिधिमा हासिल भएका उपलव्धि तथा अनुभव "बेल्ट एण्ड रोड"मा सहभागी मुलुकहरुसँग उपभोग गर्न चीन इच्छुक रहेको कुरा स्पष्ट पार्नुभयो। लु छुन फाङले हिजो मार्च चौध तारिख सीआरआईसँग कुराकानी गर्दै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङद्वारा प्रस्तुत "बेल्ट एण्ड रोड"प्रस्तावले "बेल्ट एण्ड रोड"वरिपरीका मुलुकहरुको सक्रिय प्रतिक्रिया पाएको बताउनुभयो। "बेल्ट एण्ड रोड"वरिपरीका मुलुकहरुको रेलमार्गको निर्माणमा लगानी,प्रबिधि,संचालन लगायत क्षेत्रमा चीनको श्रेष्ठता रहेको जानकारी पनि उहाँले दिनुभयो।
जानकारी तथा लेखहरु