फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा विदेशी लगानीनमा संचालित शैक्षिक संस्थाहरुको संख्या दुई हजार छ सय वटाभन्दा बढी

(GMT+08:00) 2018-03-16 15:41:28
चीनका शिक्षा मन्त्री छन पाउ शङले मार्च सोह्र तारिख तेह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनद्वारा आयोजित पत्रकार सम्मेलनमा चीन र विदेशको सहयोगमा विद्यालयको संचालन क्षेत्रमा चीन सरकारको कार्यनीति "चीनमा निमन्त्रणा" र "विदेश जानु" भन्ने रहेको बताउनुभयो। चीनले केही मुलुकहरूसँग दुई हजार छ सय वटा संस्था र कार्यक्रम संचालन गर्न सहयोग गरिसकेको कुरा पनि उहाँले बताउनुभयो।

छन पाउ शङले चीनको लक्ष्य सहयोगमार्फत एक अर्कालाई सिक्ने, पारस्परिक रुपमा हित र फाइदा प्राप्त गर्ने र चीनका बालबालिकाले चीनमा विदेशका केही विद्यालयहरूको उत्तम गुणस्तरको शिक्षा उपभोग गराउनु रहेको स्पष्ट पार्नुभयो। विदेशी सहयोगीले चीनमा संचालन भएका शैक्षिक संस्थामा विभिन्न वरिष्ठ व्यक्ति उत्पादन गर्ने अवसर रहेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु