फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण एशिया वृहत मार्ग निर्माणमा दुइवटा अधिवेशनको ध्यानाकर्षण

(GMT+08:00) 2018-03-16 15:46:19

सन् २०१५ मा आयोजित केन्द्रीय सरकारको छैटौँ तिब्बत कार्य सम्मेलनमा तिब्बतलाई दक्षिण एशियाउन्मुख मुख्य प्रवेशद्वार बनाउने निर्णय भएको थियो। तिब्बत बेल्ट एण्ड रोड इनिसिएटिभमा नेपाल लगायत छिमेकी मुलुक उन्मुख मुख्य केन्द्र पनि मानिएको छ। दक्षिण एसिया वृहत मार्गको विकास के कस्तो भइरहेको छ भन्ने विषय चालु वर्ष आयोजित चीनका दुइटा अधिवेशनमा ध्यानाकर्षण बनेको छ।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य एवं तिब्बत सामाजिक बैज्ञानिक प्रतिष्ठानका उप प्रमुख प्यान पालामले दक्षिण एसिया वृहत मार्ग निर्माणले दक्षिण एसियामा बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयनको प्रवर्द्धन, तिब्बतको आर्थिक तथा सामाजिक विकास एवं सुरक्षा र स्थिरतालाई सबल पार्ने भन्ने विश्वास व्यक्त गर्नुभएको छ।

प्यान पालामले जानकारी दिनुभए अनुसार, तिब्बत स्वायत्त प्रदेशीय सरकारले दक्षिण एसिया वृहत मार्ग निर्माण योजनालाई सक्रियताका साथ बनाउँदै आएको छ र तीमध्येका केही योजना व्यवहारमा उतारिसकेको छ। बेल्ट एण्ड रोड इनिसिएटिभलाई अघि बढाउनका लागि तिब्बतमा 'चीन-नेपाल अन्तर्देसीय आर्थिक सहयोग क्षेत्रको निर्माण' सुरू गरिएको छ। दक्षिण एशिया स्टाण्डर (ल्हासा) अनुसन्धानालय पनि स्थापित भइसकेको छ। यसका साथै तिब्बतमा तीनवटा तिब्बत एक्स्पोको सफल आयोजना गरिएको छ। तिब्बतमा निर्माणको प्रवर्द्धन गरिनुका साथै दक्षिण एशियाली छिमेकी मुलुकसँगको आदानप्रदान तथा सहयोगलाई पनि चीनले बढाउँदै आएको छ। हालसम्म तिब्बतबाट नेपालको राजधानी काठमाडौँ जोड्ने रेलमार्गको निर्माणको सम्भाव्यता अध्ययन भैरहेको छ।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य एवं चिनियाँ रेल कम्पनीका पूर्व व्यवस्थापक लु छुन फाङले चीन-नेपाल जोड्ने रेलमार्गको निर्माण भएमा दुवै देशका लागि विशेष गरी नेपालको आर्थिक र सामाजिक विकासमा निकै ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ। यसका साथै रोजगारी तथा आपसी व्यापार आदानप्रदानको प्रवर्द्धन विशेष गरी पर्यटन उद्योगलाई अघि बढाउने कुरामा उहाँले जोड दिनु भएको छ।

प्यान पालामले दक्षिण एशिया वृहत मार्ग निर्माणबाट चीन-नेपाल आर्थिक तथा व्यापारिक एवं सांस्कृतिक विकासलाई पनि सबल पार्ने ठहर गर्नुभएको छ।

जानकारी तथा लेखहरु