फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अन्तरिक्ष क्षेत्र 'सुपर २०१८'मा प्रवेश

(GMT+08:00) 2018-03-16 19:06:30
सन् २०१८  चीनको अन्तरिक्ष क्षेत्रको विकासको कोसे ढुङ्गा विकास वर्ष हुनेछ। पै तौ तीन नम्बर उपग्रह समूह तथा छाङअ चार नम्बर उपग्रहलाई अन्तरिक्षमा पुर्‍याइने छ भने यात्रुवाहक अन्तरिक्ष क्षेत्र 'अन्तरिक्ष स्टेशन' युगमा प्रवेश हुने छ। अन्तरिक्षको अन्वेषण गर्दा आवश्यक प्रबन्ध भारी रकेटको इन्जिन अध्ययन क्षेत्रमा टडकारो उपलब्धि हासिल हुने सम्भावना छ। अन्तरिक्ष क्षेत्रमा निजी लगानीको सहभागिता भैरहेको छ। ती सबै कामबाट चीनको अन्तरिक्ष क्षेत्रको 'सुपर २०१८' शुरू भएको छ।

निर्धारित योजनानुसार, चालू वर्ष चीनले पै तौ उपग्रह समूह बारम्बार प्रक्षेपण गर्ने छ। प्रक्षेपण गर्ने ती १८ वटा उपग्रहले बेल्ट एण्ड रोड सम्बद्ध मुलुकका लागि सेवा प्रदान गर्ने योजना रहेको छ।

यात्रुवाहक अन्तरिक्ष क्षेत्र 'अन्तरिक्ष स्टेशन' युगमा प्रवेश हुने छ। सन् २०१८ मा चीनमा अन्तरिक्ष स्टेशनको मोडलको अध्ययन तथा विकास चरणमा प्रवेश भएको छ र सन् २०२० अघि त्यसको प्रक्षेपण गर्ने योजना छ। हाल लिगमा चलिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको कार्यावधि सन् २०२४ सम्म हुन्छ र त्यति बेला चीन विश्वमा लिगमा अन्तरिक्ष स्टेशन भएको एउटै मात्र मुलुक बन्ने छ।

अमेरिका तथा रूस लगायत अन्तरिक्ष क्षेत्रमा अग्रसर भएका मुलुकसँगको दाँजोमा चीनको अन्तरिक्ष क्षेत्र ती मुलुकहरूपछि दौड्ने चरणबाट सँगै दौड्ने चरणमा परिणत प्रक्रियामा प्रवेश भएको छ। सन् २०३५ तिर अमेरिका तथा रूससँगै दौड्ने चरणमा चीन प्रवेश गर्ने र सन् २०५०तिर केही क्षेत्रमा चीन अग्रसर स्थानमा रहने अनुमान गरिएको छ।

जानकारी तथा लेखहरु