फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्रीद्वारा नेपालका नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बधाई

(GMT+08:00) 2018-03-17 10:02:27

चिनियाँपरराष्ट्र मन्त्री वाङ्ग यीले मार्च १६ तारिख नेपालका नवनिर्वाचित विदेश मन्त्री प्रदीप ज्ञवालीलाई बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा चिनियाँ परराष्ट्रमन्त्री वाङले चीन र नेपाल पहाड तथा नदीले जोडेका असल छिमेकी र साझेदार मुलुक भएको उल्लेख गर्नुभएको छ। चीनले सधैँ नेपालसँगको सम्बन्धको विकासमा महत्व दिँदै आएको व्यक्त गर्दै वाङले नेपालले एक चीनको नीति पालना गरेकाले उहाँले प्रशंसा पनि गर्नु भएको छ। ज्ञवालीसँग मिलेर दुई मुलुकका नेता बीच सम्पन्न महत्वपूर्ण सहमतिको कार्यान्वयन गर्नुका साथै विभिन्न क्षेत्रमा आपसी हितकर सहयोगलाई गहन पारेर युगौँयुग मैत्रीपूर्ण चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धमा नयाँ उचाइमा पुर्‍याउने आशा चिनियाँ परराष्ट्रमन्त्री वाङले आफ्नो बधाई सन्देशमा व्यक्त गर्नु भएको छ।

जानकारी तथा लेखहरु