फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनमा नयाँ राष्ट्रिय नेताहरू निर्वाचित

(GMT+08:00) 2018-03-17 15:10:23
आज मार्च १७ तारिख विहान तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनले सी चिन फिङलाई जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्षमा निर्वाचित गरेको छ।

बैठकले ली चान शुलाई तेह्रौं राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको अध्यक्षमा निर्वाचित गरेको छ भने वाङ छी शान उप राष्ट्राध्यक्षमा निर्वाचित हुनु भएको छ।

१७ तारिख विहान नौ बजे तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनको पाँचौं पूर्ण बैठक जन वृहत सभा भवनमा सम्पन्न भएको छ। सी चिन फिङ, ली ख छ्याङ, ली चान शु, वाङ याङ, वाङ हु निङ, चाउ ल चि, हान चङ लगायतका नेताहरू उक्त बैठकमा उपस्थित हुनुभयो।

उक्त बैठकले तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनले पारित गरेको चीनको राज्य परिषदको संस्थाहरूको सुधारसम्बन्धी मस्यौदामाथि मतदान गरी पारित गरेको र उक्त मसौदा अनुमोदन गरेको छ।

उक्त बैठकको विभिन्न कार्यक्रम सम्पन्न भएपछि संविधान शपथ ग्रहण समारोहको आयोजना भएको छ। चिनियाँ नेतागणले राष्ट्रिय जन काँग्रेसमा संविधान शपथ ग्रहण गरेको यो पहिलोपटक हो।

सैन्य ब्यान्ड बजाउँदै सबै जनाले जन गणतन्त्र चीनको राष्ट्रिय गीत गाएका छन्। त्यसपछि हाल जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष एवं जन गणतन्त्र चीनका सैन्य आयोगका अध्यक्ष सी चिन फिङलाई शपथ ग्रहण गर्न बोलाइन्छ भन्दै उद्घोषण गरिएको थियो। सी चिन फिङले गम्भीर रुपमा शपथ ग्रहण गर्नुभयो।

त्यसपछि ली चाङ शु, वाङ छि शान लगायत नव निर्वाचित नेताहरूले सामूहिक रुपमा शपथ ग्रहण गर्नुभयो।

जानकारी तथा लेखहरु