फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन काँग्रेसद्वारा ली ख छ्याङलाई प्रधानमन्त्रीमा निर्वाचित

(GMT+08:00) 2018-03-18 11:30:57

तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनले आज मार्च अठार तारिख विहान पैचिङमा मतदानमार्फत ली ख छ्याङलाई चीनको राज्य परिषदका प्रधानमन्त्रीमा चयन गरेको छ। राष्ट्रिय जन काँस्रेसबाट निर्वाचित भएपछि दोस्रो कार्यकालका लागि ली खछ्याङ प्रधानमन्त्री हुनु भएको हो। त्यसैगरी राष्ट्रिय जन काँग्रेसले याङ स्याउ तुलाई चीनको राष्ट्रिय अनुगमन तथा जाँचबुझ समितिको प्रमुखको रुपमा निर्वाचित गरेको छ।

राष्ट्रिय जन काँस्रेसको उक्त अधिवेशनले मतदानमार्फत स्यू छी ल्याङ र चाङ यौ स्यालाई चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्षमा चयन गरेको छ भने चौ छ्याङलाई चीनको सर्वोच्च जन अदालतका प्रधान न्यायाधीशमा निर्वाचित गरेको छ। त्यसैगरी चाङ च्युनलाई चीनको सर्वोच्च जन न्यायाधिवक्तामा चयन गरेको छ।

पूर्ण बैठकको विभिन्न कार्यक्रम सम्पन्न भएपछि आजै ली ख छ्याङ, याङ स्याउ तुलगायत नेताहरूले संविधानसक्षम शपथ ग्रहण गर्नुभएको छ।

जानकारी तथा लेखहरु