फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय 'ललित व्यापार मेला' बाट हस्तकला व्यवसायी उत्साहित

(GMT+08:00) 2018-03-18 13:44:54
ललितपुरको पाटनमा आयोजित 'अन्तराष्ट्रिय ललित व्यापार मेला'ले हस्तकला व्यवसायीलाई उत्साहित गराएको छ। हस्तकला व्यवसायमा मन्दी आईरहेका बेला ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्वर्ण जयन्त्रीको अवसरमा आयोजना गरेको मेलाले व्यावसायीलाई उत्साहित बनाएको रातोपाटी अनलाइनले लेखेको छ। शनिबार सकिएको मेलामा दर्शकहरुको अवलोकन र कारोबारले आफुहरु उत्साहित भएको व्यापारीले बताएका छन्।

मेलामा नेपालीका साथै विदेशी पर्यटकहरु पनि अवलोकन र किनमेलका लागि आएका थिए। मेला अवलोकनकर्ताहरुको घरेलु र हस्तकलाका सामग्रीमा धेरै आकर्षण रहेकोले आगामी दिनमा यसको व्यापार बढ्ने विश्वास व्यवसायीले लिएका छन्।

मेलामा धातु तथा हस्तकलाका सामान, गरगहना, कपडा, ढाका तथा तयारी पोशाक, हस्तनिर्मित खेलौना, सजावटका सामग्री, जडिबुटी, घरेलु अचार, भिरमौरीको मह, विद्युतिय सामग्री लगायतका स्टल राखिएको थियो। मेलामा एक करोड ५० लाख बराबरको व्यापार भएको मेलाका संयोजक रमेश सिहले जानकारी दिनुभयो।

संघले मेलाको अवसरमा नेपाल राष्ट्र बंैक, टक्सार विभाग मार्फत् संघको स्वर्ण जयन्ती लोगो अंकित एक हजारको चाँदीको सिक्का र सय रुपैँयाको साधारण सिक्का पनि निश्कासन गरेको छ।

जानकारी तथा लेखहरु