फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घडियाल गोही संरक्षण गरिँदै

(GMT+08:00) 2018-03-18 13:45:37

विश्वमै अति सङ्कटमा रहेको घडियाल गोहीलाई नेपालले प्रजनन केन्द्रमा कृत्रिम रूपमा बच्चा कोरेलेर संरक्षण गर्न थालेको छ। चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरेर प्राकृतिक रूपमा रहेका घडियालका अण्डा कारेल्ने वातावरण निर्माण गरी जन्मेको बच्चाको संरक्षण गर्ने प्रयास नेपालले गर्न थालेको गोरखापत्र अनलाइनले लेखेको छ। घडियाल र मगर गोही गरी दुई प्रजातिका गोहीमध्ये घडियाल गोही बढी सङ्कटमा परेको छ। हाल नेपालका कर्णाली, बबई, नारायणी र राप्ती गरी चारवटा नदीमा मात्र गोही पाइने गरेको छ।

नेपालमा सन् २०१६ को गणनामा चितवनको राप्ती, नारायणी, बबई र कर्णाली नदीमा गरी कुल १९८ सङ्ख्या रेकर्ड गरिएको छ भने भारतमा एक हजार २५५ वटा घडियाल गोहीको सङ्ख्या रेकर्ड गरिएको छ। हाल घडियाल गोही संसारमा नेपाल र भारतमा मात्र पाइने गरेका छन्। यसअघि भुटान, बर्मा, पाकिस्तान, बङ्गलादेशलगायतका देशमा यसको अस्तित्व रहेको पाइन्छ तर कालान्तरमा यसको बासस्थान नासिँदै गएपछि ती देशबाट घडियाल गोही लोप भइसकेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलका अनुसार चितवनको कसरामा प्राकृतिक रूपमा नदीबाट गोहीका अण्डा सङ्कलन गरेर विशेष किसिमको वातावरण सिर्जना गरी बच्चा कोरल्ने र जन्मिएका बच्चालाई आहार र बासको व्यवस्था गरी पालन गर्ने गरिएको छ। यसरी संरक्षण गरिएका बच्चा बयस्क भएपछि प्राकृतिक रूपमा नदीमा छोड्ने गरिएको छ। इकोलोजिस्ट पौडेलले भन्नुभयो, "प्राकृतिक रूपमा घडियाल गोहीको बाँच्ने दर निकै कम भएकाले प्रजनन केन्द्रको स्थापना गरेर भए पनि यसको अस्तित्व जोगाउन नेपालले यो प्रयास गरेको हो। यो केन्द्र स्थापना गरेपछि हामी धेरै हदसम्म यसको सङ्ख्या बढाउन सफल भएका छौँ। "

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार हालसम्म यो प्रजनन केन्द्रमा स्याहारसुसार गरेर हुर्काएका १२५ वयस्क घडियाल गोहीलाई नदीमा छोडिएको छ। गोहीको गणना गर्दा सहज होस् भन्नाका लागि यसरी नदीमा छोडिएका गोहीको ट्यागिङ गर्ने गरिएको छ। उहाँका अनुसार हाल प्रजनन केन्द्रमा विभिन्न उमेर समूहका ४०० वटा घडियाल गोहीका बच्चा छन्।

हाल कसराको प्रजनन केन्द्रमा वार्षिक रूपमा १५० वटा बच्चा कोरेल्ने गरेको भए पनि बढीमा १३० बच्चामात्र बाँच्ने गरेका छन्। नेपालका केही वर्षपहिलेसम्म कोसी, कालीगण्डकी र महाकाली नदीमा पनि गोही पाइने गरेको थियो भने हाल यी नदीमा गोही पाउन छाडेको छ। विभागका महानिर्देशक मनबहादुर खड्काले भन्नुभयो, "यसअघि गोही पाइने नेपालका सबै नदीमा गोही छोडिने कार्ययोजना विभागले बनाएको छ।

जानकारी तथा लेखहरु