फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँच वर्षभित्रमा काठमाडौँमा रेलमार्ग निर्माण हुने यातायात मन्त्रीको भनाइ

(GMT+08:00) 2018-03-19 13:42:55

भौतिक पूर्वाधार तथा यातायात पाँच वर्षभित्रमा काठमाडौँमा रेलमार्ग निर्माण हुने दाबी गर्नुभएको छ। रिपोर्टर्स क्लवले आइतबार राजधानीमा गरेको साक्षात्कारमा मन्त्री महासेठले वाम गठबन्धनले बनाएको चुनावी घोषणापत्र अनुसरा नै आफूहरुले विकास निर्माणको कमलाई अगाडि बढाउने बताउनुभयो।

मन्त्री महासेठले केही दिनभित्र नै काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर उप–महानगरपालिका, सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाबीच विशेष छलफल गरेर काठमाडौँ उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने स्पष्ट पार्नुभयो।

ईच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने भन्दै उहाँले तीव्र गतिमा विकास गरेका देशबाट पाठ सिक्नुपर्ने बताउनुभयो। थाई एयरवेज र नेपाल वायुसेवा निगम उदाहरण दिँदै उहाँले भन्नुभयो, 'थाई एरवेज र नेपाल वायुसेवा निगम एउटै वर्ष स्थापना भएका हुन्। थाइ एयरवेज आज कहाँ पुगिसक्यो। नेपाल वायुसेवा निगम कहाँ छ? ईच्छाशक्तिका कारण हो।'

यातायात मन्त्रीसमेत रहेका मन्त्री महासेठले २० वर्ष पुराना सवारी साधन हटाउने विषयमा आफूले पुनः विचार गर्ने बताउनुभयो। '२० वर्ष पुराना गाडी हटाउने निर्णयका विषयमा हामी गम्भीर छौँ। चाँडै नै नयाँ नीति बनाउँछौँ', उहाँले भन्नुभयो। पुराना गाडी कुनै न कुनै दिन हटाउँनै पर्ने उहाँको तर्क छ।

जानकारी तथा लेखहरु