फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पहिलोपटक साहसिक तथा हिमालयन एक्स्पो हुने

(GMT+08:00) 2018-03-19 13:45:53

नेपालमा पहिलो पटक 'ग्लोबल एड्भेन्चरस एण्ड माउण्टेन कन्फ्रेन्स एण्ड एक्पो' २०१८ हुने भएको छ। भौगोलिक विभिदता भएको नेपालमा साहसिक पर्यटकहरुलाई भित्र्याउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो। नेपाल पर्यटन बोर्ड र हाउस अफ राजकर्णिकारले संयुक्त रुपमा कार्यक्रम आयोजन गर्न लागेका हुन्।

नेपालखबर अनलाइनका अनुसार सम्मेलन तथा एक्स्पो मार्च २३ देखि २५ सम्म होटल याक एण्ड यतिमा हुनेछ।

नेपालमा साहसिक पर्यटनका लागि प्रसस्त क्षेत्र रहेको छ भन्ने जानकारी गराउन कार्यक्रम आयोजना गर्न लागिएको हाउस अफ राजकर्णीकारका प्रबन्ध निर्देशक बीरेन्द्र राज राजकर्णीकारले जानकारी दिनुभयो। सम्मेलन तथा एक्स्पोमा साइक्लिङ, पर्वतारोहण, स्किइङ लगायत साहसिङ खेलबारेमा जानकारी दिइने उहाँले बताउनुभयो।

यो कार्यक्रममा साहसिक पर्यटनका विषयमा देश विदेशका ६० जना विज्ञहरुले आफ्नो विचार राख्ने छन्। यो कार्यक्रममा भारत, चीन, क्यानडा, अफ्रिका, थाइल्याण्डलगायत पर्यटन क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको सहभागिता रहने बताइएको छ।

जानकारी तथा लेखहरु