फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यती एयरलाइन्स–तारा एयरले सगरमाथाको १ सय टन फोहोर बोक्ने

(GMT+08:00) 2018-03-19 13:48:43

यती एयरलाइन्स–तारा एयरले सगरमाथाको १ सय टन फोहोर एयरलिफ्ट गर्ने भएको छ। खुम्बु पासाङ ग्रामिण नगरपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लव र संयुक्त राष्ट्र विकास कार्यक्रमसँगको साझेदारीमा २०१८ मा सगरमाथा क्षेत्रबाट काठमाडौंमा रिसाइकल गर्न प्राकृतिक रुपमा नष्ट नहुने एक सय टन फोहोरमैला एयरलिफ्ट गर्ने प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ। यो अभियान एयरलाइन्सको २००८ देखि सुरु गरिएको सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन र पर्यावरण जागरणप्रति केन्द्रित सीएसआर कार्यक्रमको निरन्तरता हो।

१७ मार्चमा लुक्ला एयरपोर्टमा एक उद्घाटन कार्यक्रम आयोजना गर्दै, एयरलाइन्सले पहिलो पटक उडान भर्दै आफ्नो सफाई अभियानको सुरुवात गरी सगरमाथा क्षेत्रका विभिन्न संकलन केन्द्रहरूमा जम्मा भएका फोहोर मैलाको मात्रा र तीनलाई व्यवस्थित गर्न तोकिएको एक निश्चित समयको जानकारी सार्वजनिक गरेको थियो। लगभग ५ हजार किलो फोहोर त्यही दिन एयरलिफ्ट गरिएको थियो।

यती एयरलाइन्स–तारा एयरले विशेषतः जिम्मेवार खपत र उत्पादन (एसडीजी १२), जलवायु परिवर्तन (एसडीजी १३), जैविक विविधताको खपत (एसडीजी १५) र साझेदारी (एसडीजी १७) सम्बन्धित दिगो विकास लक्ष्य (एसडीजी) प्रतिकोआफ्नो प्रतिबद्धताको रूपमा सगरमाथा क्षेत्रबाट २०१८ मा १०० टन फोहोर हटाउने महत्वाकांक्षी उद्देश्य तय गरेको हो। सङ्कलन गरिएका फोहोर रिसाइकल गर्न काठमाडौँ पु-याइने नागरिकन्यूज डटकमले लेखेको छ।

जानकारी तथा लेखहरु