फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा नवनिर्वाचित रुसी राष्ट्रपति पुटिनलाई बधाई

(GMT+08:00) 2018-03-19 14:47:53

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मार्च उन्नाइस तारिख रुसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमिर पुटिनलाई बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा सीले केही वर्षदेखि रुसका जनता एकतावद्ध भएर मुलुकको पुन:उत्थानको मार्गमा दृढताका साथ अघि बढेको भन्दै रुसले आर्थिक तथा सामाजिक विकासमा टड्कारो उपलव्धी हासिल गरी अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण तथा रचनात्मक भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो।

बधाई सन्देमा सीले हाल चीन र रुसबीचको सर्वतोमुखी रणनीतिक सहयोगात्मक तथा साझेदारी सम्बन्ध इतिहासकै सर्वोच्च स्तरमा पुगेको बताउँदै यसबाट आपसी सम्मान,न्यायिक तथा निष्पक्ष आपसी सहयोग तथा संयुक्त विजयको ढाँचामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवलक्षित समुदायको स्थापना गर्नका लागि एउटा नमूना बनेको उल्लेख गर्नुभएको छ।

रुससँगै मिलेर चीन-रुस सम्बन्ध नयाँ उचाईँमा पुर्‍याउन,दुई मुलुकको विकासलाई अघि बढाउन तथा क्षेत्रीय तथा विश्व शान्तिलाई अघि बढाउन चीन इच्छुक रहेको पनि चिनियाँ राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभएको छ।

जानकारी तथा लेखहरु