फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका अपांगता भएका बाल-बालिकाका लागि अनिवार्य शिक्षा दर नब्बे प्रतिशत भन्दा बढी

(GMT+08:00) 2018-03-19 14:48:32

चिनियाँ अपांग परिषद्का प्रमुख लु युङले आज मार्च उन्नाइस तारिख पैचिङमा बोल्दै चीनका अपांगता भएका बाल-बालिकाकाका लागि अनिवार्य शिक्षाको दर नब्बे प्रतिशत भन्दा बढी पुगेको जानकारी दिनुभएको छ।

तेह्रौं राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनमा भएको "मन्त्रीसँग साक्षात्कार"का क्रममा पत्रकारहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै लु युङले उक्त कुरा व्यक्त गर्नुभएको हो। उहाँका अनुसार,चीनमा ६ वर्ष सम्मका कूल सोह्र लाख असी हजार अपांगता भएका बाल-बालिका छन्। तीमध्ये विपन्न अवस्थाका बाल-बालिकाको संख्या दुई लाख बीस हजार छ। अपांगता भएका बाल-बालिकालाई स्वस्थ बाल-बालिका जस्तै अनिवार्य शिक्षा प्रदान गर्नका लागि चीन सरकारले "अपांगता भएकाहरुका लागि शिक्षा नीति"मा संशोधन गरेको छ।

तथापि चीनमा करिब दुई लाख चालीस हजार अपांगता भएका बाल-बालिकाहरुका लागि अझै पनि अनिवार्य शिक्षाको समस्या रहेको कुरा पनि लु युङले औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु