फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा राष्ट्राध्यक्ष आदेश जारी, राज्य परिषदका सबै सदस्य नियुक्त

(GMT+08:00) 2018-03-19 16:08:21

तेह्रौँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनले आज उन्नाईस तारिख पैचिङमा सातौं पूर्ण बैठकको आयोजना गर्‍यो। राष्ट्राध्यक्ष सी चिन फिङले दोस्रो राष्ट्राध्यक्ष आदेशमा हस्ताक्षर गरी अधिवेशनको निर्णयको आधारमा पारित सूची बमोजिम राज्य परिषदका अन्य सदस्यहरू नियुक्त गर्नुभएको छ।

अधिवेशनले प्रधानमन्त्री ली ख छ्याङको मनोनयन अनुसार मतदान मार्फत् हान चङ, सोन छोन लान, हु छोन ह्वा, लिउ हलाई उप-प्रधानमन्त्रीमा र वी फङ ह, वाङ युङ, वाङ यी, स्याउ च्ये, चाउ ख चलाई राज्य परिषदको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ।

अधिवेशनले मन्त्री, समितिका प्रमुखहरु, चिनियाँ जनबैङ्कका गभर्नर, लेखापरीक्षक र महासचिव नियुक्त गरेको छ। साथै तेह्रौँ राष्ट्रिय जन कांग्रेस मातहत विभिन्न विशेष समितिका अध्यक्ष, उपाध्यक्ष र सदस्यको नामावली पनि अधिवेशनबाट पारित भएको छ।

आजको पूर्ण बैठकका विभिन्न विषय सम्पन्न भएपछि राज्य परिषदका उप-प्रधानमन्त्री र सदस्यहरुले सपथग्रहण पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु