फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं जनकांग्रेसको पहिलो अधिवेशन सम्पन्न, राष्ट्राध्यक्ष सीको संवोधन

(GMT+08:00) 2018-03-20 13:12:19

तेह्रौं जनकांग्रेसको पहिलो अधिवेशन आज बीस तारिख विहान पैचिङ्मा सम्पन्न भएको छ। समापन समारोहमा संवोधन गर्दै पुनः राष्ट्राध्यक्षमा नियुक्त हुनुभएका सी चिनफिङले यस अधिवेशनमा पहिलो संविधानद्वारा दिइएको जिम्मेवारीलाई खास रूपमा व्यवहारमा उतार्दै जनताको सेवकको हैसियतले जनताको निगरानीमा काम गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। उहाँले जोड दिनुभएअनुसार चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ युग हरेक चिनियाँसित सम्बन्धित छ। सदिच्छापूर्ण एकतावद्ध तथा साझा प्रयासमा आधारित कुनै पनि शक्तिले चिनियाँहरुको आफ्नो सपना साकार तुल्याउने पाइलामा बाधा सिर्जना गर्न सक्दैन।

"जनगणतन्त्र चीनको राष्ट्राध्यक्ष जस्तै पदसँग शानदार कर्तव्य र महत्वपूर्ण कार्यभार रहेको छ। मैले निरन्तर रुपमा संविधानद्वारा प्रदत्त जिम्मेवारीलाई व्यवहारमा उतार्दै राष्ट्र र जनताका लागि सक्दो प्रयास गरी योगदान गर्दै जान्छु। जनताको निगरानीमा जनताको सेवकको हैसियतले जनकांग्रेसका सबै प्रतिनिधि र विभिन्न जातिका जनताको विश्वासमा निराशा छाउन दिनेछैन।"

तेह्रौं जनकांग्रेसको पहिलो अधिवेशनको समापन सम्मेलनमा जन कांग्रेसका लगभग तीन हजार प्रतिनिधि सामु राष्ट्राध्यक्ष सी चिनफिङले अत्यन्तै गंभीर वचनवद्धता प्रकट गर्नुभएको छ। तीन दिन अघि राष्ट्राध्यक्षको निर्वाचनमा सीले मतदानमार्फत जनगणतन्त्र चीनको राष्ट्राध्यक्षमा पुनः निर्वाचित हुने अवसर पाउनुभएको छ। यसप्रति जनकांग्रेसका प्रतिनिधिहरुले सीलाई लामो समयसम्म ताली बजाउँदै चेयर्स गरेका थिए।

राष्ट्राध्यक्ष सी चिन फिङको सम्बोधनमा "जनता" भन्ने शब्द अधिक दोहोरिएको छ। उहाँले सबै राष्ट्रिय एकाइका कर्मचारीलाई जति उच्च पदमा बसे पनि जनगणतन्त्र चीन आफ्नो देश हो भन्ने कुरा सम्झिरहनुपर्ने, जनतालाई मनको सर्वोच्च स्थानमा राखिरहनुपर्ने, पूर्ण रुपमा जनताको सेवा गरिरहनुपर्ने, जनताको हित र सुखको लागि प्रयास गरिरहनुपर्नेतर्फ सचेत गराउनुभएको छ।

सम्बोधनका क्रममा राष्ट्राध्यक्ष सीले हजारौँ वर्षको चीनको सभ्यताबारे समीक्षा गर्नुभयो। उहाँले लामो समयसम्म चिनियाँ जनताले जन्माएर विकास गरेको महान् राष्ट्रिय भावनाबाट चीनको विकास र मानव जातिको सभ्यताको विकासको लागि ठूलो आध्यात्मिक भावना प्रदान गरिएको दोहोर्‍याउनुभयो। चिनियाँ जनता नै महान् रचनात्मक भावना, महान् प्रयास भावना, महान् एकता भावना र महान् सपना भावना भएका जनता भएका पनि उहाँले उल्लेख गर्नुभयो।

सी चिन फिङ चिनियाँ जनताको विश्वास छ, पहाड जति उच्च होस्, चढेपछि बल्ल शिखर पुग्न सकिन्छ। बाटो जति दूर होस् हिँडेपछि बल्ल गन्तव्यमा पुग्न सकिन्छ। आधुनिक समयमा चीन राष्ट्रको महान् पुनरुत्थानलाई व्यववहारमा उत्तार्नु चीन राष्ट्रको सबैभन्दा महान् सपना बनिसकेको छ। चिनियाँ जनता दृढ भएर शत्रुसँग अन्तिमसम्म लडाई गर्ने आत्मा, आत्मनिर्भरताको आधारमा पुनरुत्थान गर्ने इच्छाशक्ति, विश्व राष्ट्र समूहमा आफ्नो स्थान जमाउने क्षमता लिएर उक्त महान् सपनालाई व्यवहारमा उतार्नका लागि एक सय सत्तरी वर्षभन्दा लामो समयदेखि प्रयास गरिरहेको छ। अब आउँदो इतिहासको कुनै पनि अवधिभन्दा चीन राष्ट्रको महान पुनरुत्थानलाई व्यवहारमा उतार्ने चिनियाँ जनताको अझ ठूलो विश्वास र क्षमता रहेको छ। म विश्वस्त छु एक अर्ब तीस करोडभन्दा बढी चिनियाँ जनताले यस महान् सपनालाई आत्मसात गरी चीन राष्ट्रको महान् पुनरुत्थानलाई पक्कै व्यवहारमा उतार्न सक्छौँ।

राष्ट्राध्यक्ष सीले देशका सबै अधिकार जनतासँग रहेको र जनताको विश्वास रहे मात्रै देशको भविष्य र देशको शक्ति उत्पन्न हुनसक्ने कुरामा जोड दिनुभयो।

जनताले समर्थन गर्ने कि नगर्ने, सहमति दिने कि नदिने, खुशी हुने कि नहुने, स्वीकार गर्ने कि नगर्ने जस्ता सबै कार्यमा मापदण्डको रुपमा जनतामाथि सबैभन्दा बढी ध्यान दिने, प्रत्यक्ष तथा वास्तविक फाइदाका विषयको समाधान गरी सारा चिनियाँ जनताले चीन राष्ट्रको महान् पुनरुत्थानलाई व्यवहारमा उत्तार्ने ऐतिहासिक प्राकृतिक सुख र गौरवको सँगसँगै बाँडीचुँडी गर्न सक्छौं।

चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाईसौं महाधिवेशनले चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण पूरा गर्ने, चौतर्फी रुपमा समाजवादी आधुनिक देशको निर्माणको नयाँ प्रक्रिया शुरु गर्ने, चिनियाँ राष्ट्रको विशाल पुनरुत्थान साकार तुल्याउने ब्लुप्रिन्ट कोरेको थियो। राष्ट्राध्यक्ष सीकाअनुसार, यो ब्लुप्रिन्टलाई वास्तविक बनाउनु नै एक नयाँ लामो मार्च हो, यसलाई वेवास्ता गर्नु हुँदैन। हालको अवस्था परिवर्तन हुँदैन भन्ने सोच्नु हुँदैन। खुशी लागेपछि दुःख बिर्सनु हुँदैन। सबैभन्दा आरम्भिक इच्छा बिर्सनुहुँदैन, महत्वपूर्ण तथा ठूलो दायित्व मनमा राख्नुपर्छ। अझै ठूलो शक्ति र अझै प्रभावकारी कदम चालेर चौतर्फी रुपमा सुधारलाई गहन पार्ने र खुलापनलाई विस्तार गर्नुपर्छ। समाजवादी प्रजातान्त्रको विकास गर्ने, देशको शासन प्रणाली र शासन क्षमताको आधुनिकीकरणलाई अगाडि बढाउनुपर्छ। समाजवादी सँस्कृतिले शक्तिशाली देशको निर्माणलाई गति प्रदान गर्ने छ। सर्वसाधारणको जीवनको प्रत्याभूति र सुधार गर्ने, गरिबीबाट मुक्तिमा विजयी हुने, समाजको निष्पक्षता र न्यायिकतालाई अगाडि बढाउने छ। पार्टीले जनसेनाको नेतृत्व गर्ने कुरामा अडिग लागिरहने, चीनको विशेषतायुक्त र विश्वको उत्कृष्ट सशस्त्र शक्ति प्रणाली पूरा गर्न गति प्रदान गर्ने छ। "एक देश दुई व्यवस्था", "हङकङका वासिन्दाले हङकङको प्रशासन गर्नु", "मकाउका वासिन्दाले मकाउको प्रशासन गर्नु", उच्च स्वशासनको कार्यनीतिलाई चौतर्फी र सही रुपमा व्यवहारमा उतार्ने, एक चीनको नीतिलाई पालना गर्ने, "सन् 1992 सहमति"लाई पालना गर्नाले नै देशको शान्तिपूर्ण एकीकरण प्रक्रियालाई अगाडि बढाउने छ।

सी चिन फिङ भन्नुहुन्छ

"देशको सर्वभौमकिता र भूभागको अक्षुण्णताको संरक्षण गर्नु र मातृभूमिको सम्पूर्ण एकीकरण साकार तुल्याउनु समस्त चिनियाँ छोराछोरीको साझा इच्छा र चिनियाँ राष्ट्रको मूलभूत हित पनि हो। चिनियाँ राष्ट्रको न्यायिक कार्य र ऐतिहासिक प्रवाहअगाडि मातृभूमिलाई अलग्याउने सबै कर्तुत विफल हुने र जनताद्वारा निन्दा गर्दै इतिहासद्वारा नै दण्डित गरिनेछ। चिनियाँ जनतामा देश अलग्याउने कुनै पनि कारवाहीहरू पराजित तुल्याउने सुदृढ विचार, विश्वास र क्षमता निहित छ। चिनियाँ जनता र चिनियाँ राष्ट्रको एक साझा अवधारणा के हो भने हाम्रो विशाल मातृभूमिको हरेक भूभाग चीनबाट अलग्याउन नसकिने खालको छ र अलग्याइने सम्भावना पनि छैन।"

राष्ट्राध्यक्ष सी चिन फिङले आफ्नो मन्तव्यमा चीनले अरु देशको हितलाई वेवास्ता गर्दै आफ्नो देशको मात्रै विकास गर्ने छैन। चीनको विकासले कुनै पनि मुलुकमा त्रास नल्याउने, चीनले कहिल्यै पनि प्रभुत्व नलाद्ने र आफ्नो देश विस्तार नगर्ने कुरा पनि पुष्टि गर्नुभएको छ। कसैले पनि चिनियाँ जनताले मानव जातिको शान्ति तथा विकास गर्नका लागि योग्दान गर्ने सदिच्छा अभिलाषा तथा वास्तविक कार्वाहिबारेको गलत विचार गर्नुहुँदैन। मानव समाजमा न्याय हुन्छ।

चीनले सक्रियताका साथ अन्तर्राष्ट्रिय न्याय तथा निष्पक्षताको संरक्षण जारी गर्नेछ। चीनले विभिन्न देशका जनताले विश्वका कामहरु आदानप्रदान गर्ने र आफ्नो विचार अरुसमक्ष राख्ने पनि ठहर गरेको छ। चीनले "एक पेटी एक मार्ग"को निर्माण सक्रियताका साथ बढाउने, विश्वका विभिन्न मुलुकसितको आदानप्रदान तथा सहयोगलाई सबल पार्ने र चीनको सुधार तथा विकास मानव जातिको हित-कल्याणका लागि ल्याउनेछ। चीनले विश्वव्यापी व्यवस्थापन प्रणालीको सुधार तथा निर्माणमा सक्रियताका साथ भाग लिने, विश्वका लागि अझ बढी चिनियाँ शक्ति दिने, दिगो शान्ति, सुरक्षा, संयुक्त समृद्धि, खुलापन तथा सहनशील, सफा तथा सुन्दर विश्वको निर्माणलाई अघि बढाउने र मानव भाग्य समुदायको घाम विश्वमा व्यापकरुपमा लगाउन प्रयास गर्नेछ।

सीले आफ्नो मन्तव्यमा चिनियाँ कम्युनिष्ट पार्टीले जनताका लागि विशाल सामाजिक क्रान्ति गर्ने ऐतिहासिक जिम्मेवारी वहन गर्नुपर्ने कुरा व्यक्त गर्नुभएको छ। त्यसैले चिनियाँ कम्युनिष्ट पार्टीले साहसिकरुपमा आफैँलाई क्रान्ति गरी श्रेष्ठ पार्नुपर्छ। जनताका लागि प्रशासन गर्नुपर्छ। सधैँ जनतालाई आफ्नो मनमा राख्दै जनतासित सँगसँगै दुःख वहन गर्नुपर्छ, जनतासँग एकीकृतरुपमा मेहनत गर्नुपर्छ। मार्क्सवादी प्रशासनिक पार्टीको विशेषता सधैँ कायम राख्दै युगको अग्रस्थानमा हुनुपर्छ र सधैं चिनियाँ जनता तथा जनगणतन्त्र चीनलाई थाम्नसक्ने मुख्य मेरूदण्ड बन्नुपर्छ।

सबैले वसन्तको दृश्य थाहा पाउनुपर्छ। वसन्त ऋतुमा सयौँ फूल फुल्ने भएकाले रङ्गीविरङ्गी दृश्य देख्न पाइन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सत्तरी वर्षको मेहनतपछि यो देश हुर्किएर विश्वको पूर्वी क्षेत्रमा उभिएको छ। नयाँ युग हरेक मान्छेको युग हो। हरेक मानिस पनि नयाँ युगको प्रमाणकर्ता तथा निर्माता हुन्छ। एकीकृतरुपमा संयुक्त प्रयास गरेको खण्डमा कुनै पनि शक्तिले चिनियाँ जनताको आफ्नो सपना साकार तुल्याउने पाइलालाई रोक्न सक्दैन।

जानकारी तथा लेखहरु