फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय भन्दा नेपाली जनता खुशी

(GMT+08:00) 2018-03-20 14:06:38

आज मार्च २० तारिख अर्थात् विश्व खुसी दिवस। एक रिपोर्टअनुसार भारतका भन्दा नेपालका जनता खुसी रहेको पाइएको छ। विश्व खुसी रिपोर्टमा नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा छ। तर गत वर्षभन्दा देशमा खुसीको स्तर भने घटेको पाइएको छ। यो वर्ष नेपाल ३ स्थान तल झरेर १०१ औं स्थानमा छ।

संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटवर्क एसडीएसएनले जारी गरेको विश्व खुसी रिपोर्ट २०१८ का अनुसार नेपाल विश्वको खुसी मुलुकको सूचीमा १ सय ५६ देशमध्ये १ सय १ औं स्थानमा रहेको छ । नेपालको छिमेकी मुलुक भारत भने १३३ औं स्थानमा छ। त्यस्तै बंगलादेश ११५ औं, श्रीलंका ११६ औं तथा अफगानिस्तान दक्षिण एसियामा सबैभन्दा पछाडि १४५ औं स्थानमा छ।

विश्वका सबैभन्दा खुसी राष्ट्रको सूचीमा फिनल्याण्ड पहिलो नम्बरमा छ। यसैगरी नर्वे दोस्रो, आइसल्याण्ड तेस्रो, स्वीजरल्याण्ड चौथो र नेदरल्याण्ड पाँ चौं स्थानमा छन्। विश्वका सबैभन्दा दुःखी १० देशहरुको सूचीको पहिलो नम्बरमा बुरुण्डी छ। त्यसपछि मध्य अफ्रिकी गणतन्त्र, दक्षिण सुडान, तान्जानिया, यमन, रुवान्डा, सिरिया, लाइबेरिया, हाइटी र मलावी छन्।

अनलाइनखबरका अनुसार जनताको प्रतिव्यक्ति आय, स्वस्थ जीवन, सामाजिक समर्थन, सामाजिक स्वतन्त्रता, विश्वास, भ्रष्टाचारको कमी आदिजस्ता मापदण्डका आधारमा खुसी सूचकांक तयार गरिएको बताइएको छ।

जानकारी तथा लेखहरु