फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका उद्योगमन्त्री भारत भ्रमणमा, नेपालको विकासमा भारतको सहयोग रहने

(GMT+08:00) 2018-03-20 14:09:40

भारत भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भएको भेटवार्तामा दुई देशबिच पारस्परिक फाइदाका लागि अर्थपूर्ण आर्थिक सहकार्यमा जोड दिनुभएको छ। नयाँ दिल्लीमा सोमबार भएको भेटवार्तामा भारतीय विदेशमन्त्री स्वराजले नेपालको विकास र समृद्धिमा निरन्तर सहयोग गरिने विश्वास दिलाउनुभयो।

त्यसअघि मन्त्री यादव तथा भारतीय वाणिज्य तथा उद्योगमन्त्री सुरेश प्रभुबिच द्विपक्षीय व्यापार, पारवाहन तथा लगानीका विषयमा विचारविमर्श भएको थियो। उहाँहरुबिच नियमसंगत रुपमा बहुराष्ट्रिय व्यापार प्रणालीको सबलीकरणलगायत विषयमा धारणा आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतको वाणिज्य मन्त्रालयको निमन्त्रणामा मन्त्री यादव विश्व व्यापार संगठनको अनौपचारिक बैठकका लागि सोमबार नै भारतको नयाँ दिल्ली जानुभएको देशसंचार अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु