फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौरीपालन व्यवसाय प्रवर्द्धनका लागि पूर्वी नेपालमा चौरी महोत्सव हुने

(GMT+08:00) 2018-03-20 14:11:40

दुर्लभ बन्दै गएको चौरीपालन व्यवसाय प्रवर्द्धनका लागि पाँचथरको सीमावर्ती फालेलुङ गाउँपालिकाको प्राङवुङमा चौरी महोत्सव हुने भएको छ। जिल्लाको साविक प्राङवुङ, सिदिन र मेमेङ गाविसका चौरी पालक कृषकको अगुवाइमा वैशाख १ गतेबाट महोत्सव आयोजना गरिने मूल आयोजक समितिका अध्यक्ष डिल्लीअन्जुम केरुङले जानकारी दिनुभयो।

चौरी महोत्सवमा नेपाल, भारत र भूटानबाट समेत गरी ५०० भन्दा बढी चौरीको प्रदर्शनी, याक राइडिङ, चौरी जन्य उत्पादनको प्रदर्शनी तथा बिक्रीसमेत गरिने आयोजकहरुले बताएका छन्।

चौरी महोत्सवमा १० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य आयोजकको रहेको गोरखापत्र अनलाइनले जनाएको छ।

महोत्वमा नेपाल, भारत र भूटानबाट समेत ठूलो संख्यामा अवलोकनकर्ता आउने र नेपालको उच्च भूभागमा पालिँदै आएका चौरीका विभिन्न प्रकारका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन समेत महोत्सवले सघाउने आयोजकको दाबी छ।

जानकारी तथा लेखहरु