फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवशेन सम्पन्न

(GMT+08:00) 2018-03-20 14:12:34

तेह्रौं राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवशेन आज मार्च बीस तारिख पैचिङमा सम्पन्न भयो। राष्ट्रिय जन कांग्रेसका अध्यक्ष ली चान शुले समापन समारोहमा बोल्दै सी चिन फिङको नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचार चिनियाँ कम्युनिष्ट पार्टीले दीर्घकालीन अवधिसम्म कायम राख्नुपर्ने निर्देशक विचार हुनुका साथै संविधानको संशोधित प्रस्तावमा निश्चित राष्ट्रिय निर्देशकीय विचार भएको पनि बताउनुभयो। संविधानद्वारा तोकिएको राष्ट्रिय निर्देशकीय विचारलाई परिवर्तन गर्न नहुने पनि उहाँले औंल्याउनुभयो।

सोह्र दिनसम्म चलेको राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवशेनको अवधिमा करिब तीन हजार प्रतिनिधिले एक अर्ब तीस करोड चिनियाँ जनताद्वारा उनीहरुलाई दिएको जिम्मेवारी वहन गरी संविधानको संशोधनको अभिभारा पूरा गरेका छन्।

जानकारी तथा लेखहरु