फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वका बीस आर्थिक समूह अर्थात् जी-२० का अर्थमन्त्री तथा गभर्नरस्तरीय सम्मेलन

(GMT+08:00) 2018-03-20 15:11:46

दुई दिन चल्ने विश्वका बीस आर्थिक मुलुक समूह जी-२० अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय सम्मेलन स्थानीय समयअनुसार मार्च उन्नाइस तारिख आर्जेन्टिनाको राजधानी बुएनोस एरिसमा शुरु भएको छ। अमेरिकी अर्थमन्त्री स्टिभन नुचिन, अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्धक क्रिस्टिना लागार्द, विश्व बैंकका गभर्नर जिम योङ किम लगायत चौबीस मुलुकका तेह्र सँगठनका करिब चार सय प्रतिनिधिहरू यस सम्मेलनमा सहभागी भएका छन्।

जी-२० अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय सम्मेलन यस वर्षमा पाँच पटक आयोजना गरिनेछ। यस पटकको सम्मेलनमा सहभागी भएका विभिन्न पक्षहरुले छलफलको उपलव्धी तथा अर्को पटकको सम्मेलनको मुख्य विषयबस्तु सम्बन्धी औपचारिक विज्ञप्ति जारी गर्ने कार्यक्रम छ।

जानकारी तथा लेखहरु