फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म कोशिस गर्छु,मलाई गौरव लाग्छ

(GMT+08:00) 2018-03-20 18:51:01

"प्राचीन कालदेखि नै चिनियाँ जनताले एउटा कुरा बुझेका थिए,त्यो भनेको विश्वमा सुख पाउनका लागि कोशिस गर्नुपर्छ,दुःख विना सुख पनि पाइँदैन। आज चिनियाँ जनतासँगका सबै हित-कल्याणमा चिनियाँहरुको बुद्धिमानी विचार, धेरै पसिना तथा धेरै चिनियाँहरुको बलिदान समावेश छ। एक अर्ब तेह्र करोड भन्दा बढी चिनियाँले यस्तो कोशिस गर्ने महान भावनाको निरन्तरता दिएमा चिनियाँ जनताको अरु सुन्दर जीवन बिताउने महान लक्ष्य पूरा हुने विश्वास मैले गरेको छु।"सन् 2018को मार्च अठार तारिख आयोजित तेह्रौं राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनको समापन समारोहमा सी चिन फिङको मन्तव्य

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले तपाईंप्रति दिनुभएको अपेक्षा सुनौं:

किशोर-किशोरी तथा बाल-बालिका

बाल्यकालदेखि नै किशोर-किशोरी तथा बाल-बालिकाहरूले कल्पना सहित अध्ययनशील र परिश्रमी भई मातृभूमिको माया गर्ने बौद्धिकता, सम्पूर्ण रुपमा खेलकुद र कलास्तर उकास्ने, हुर्किएपछि मातृभूमिको निर्माणका लागि उत्कृष्ट नागरिक बन्ने अठोट लिनुपर्छ।

-----सन् 2013 मे उन्नतीस तारिख "खुशियालीमय बाल्यकाल सम्बन्धी कल्पनाको उडान" मुख्य विषयक गतिविधि

किसान

चीन सशक्त हुनका लागि कृषि सशक्त हुनुपर्छ। चीन रमणीय हुनका लागि ग्रामीण क्षेत्र सुन्दर हुनुपर्छ। चीन सम्पन्न हुनका लागि किसानहरू सम्पन्न हुनुपर्छ।

-----सन् 2016 अप्रिल, आन्ह्वै प्रान्तको फङ याङ जिल्ला मातहतको स्याउ काङ गाउँमा आयोजित ग्रामीण क्षेत्र सुधार गोष्ठी

खेलाडी

विशाल खेलकुद समारोहमा सबैभन्दा घत लाग्दो कुरा स्वर्ण पदक मात्र नभई ओलम्पिक खेलकुदको भावनाको प्रचार-प्रसार गर्नु पनि हो। त्यो चिनियाँ जनताका लागि आत्मामा भर परेर सशक्त हुनुपर्छ भन्ने अर्थ रहेको छ।

----सन् 2014 फेब्रअरी सात तारिख रुसको सोचीमा बाइसौं हिउँदकालीन ओलम्पिक खेलकुद समारोहमा सहभागी चिनियाँ खेलकुद प्रतिनिधि मण्डलसँग भेटघाट

पत्रकारिता

जनतालाई आफ्नो शिक्षक बनाएर जनताको जीवनमा प्रवेश गर्ने, सत्य तथ्यको कदर गर्ने, राम्रो समाचार बनाउन प्रयास गर्नुपर्छ।

राष्ट्राध्यक्ष सीले सन्2016को फेब्रुअरीको उन्नाईस तारिख चिनियाँ कम्युनिष्ट पार्टीको समाचार जनमत कार्य सम्मेलनमा दिनुभएको सम्बोधन।

शिक्षक

शिक्षकले विद्यार्थीहरुको नैतिकतालाई प्रशोधन गर्नका लागि तिनीहरुलाई डोर्‍याउने व्यक्ति बन्नुपर्छ,विद्यार्थीले ज्ञान ग्रहणका लागि डोर्‍याइने व्यक्ति बन्नुपर्छ, विद्यार्थीले विचारलाई सिर्जनामा डोर्‍याइने व्यक्ति बन्नुपर्छ, विद्यार्थीले मुलुकलाई योगदान दिनेतर्फ डोर्‍याइने व्यक्ति बन्नुपर्छ।

राष्ट्राध्यक्ष सीले सन्2016को सेप्टेम्बर बाह्र तारिख पैचिङ पा यी स्कूलको अवलोकन गर्नुभएको क्रममा दिनुभएको सम्बोधन हो यो।

जानकारी तथा लेखहरु