फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल गएको बेल्ट एण्ड रोड सम्बन्धी चिनियाँ प्रतिनिधिमण्डलको भेटघाट

(GMT+08:00) 2018-03-21 13:58:38

नेपाल भ्रमणमा रहेको वान बेल्ट वान रोड (ओबिओआर) व्यापार तथा लगानीसम्बन्धी चिनियाँ प्रतिनिधिमण्डले नेपालमा आर्थिक तथा व्यवसायिक विकासमा सहयोग गर्न तयार रहेको बताएको छ। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालाई भेट गर्दै प्रतिनिधिमण्डलले यस्तो प्रतिवद्धता जनाएको हो।

ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्मका संस्थापक शूयाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भेटवार्ताका क्रममा ओबिओआरले खासगरी पूर्वाधार विकास, व्यवसायिक कृषि, ऊर्जा, पर्यटन, अन्तर्राष्ट्रिय व्यापार तथा लगानी क्षेत्रमा क्रियाशील रहेको जानकारी गराउँदै यी क्षेत्रहरुमा ओबिओआर मार्फत लगानी भित्र्याउन आफूहरु इच्छुक रहेको बताएको हो।

नेपालमा खासगरी उद्यमशीलता विकास, प्रविधि हस्तान्तरण, काठमाडौँबाट चीनका प्रमुख शहरहरुमा सिधा हवाई सम्पर्क विस्तार, नेपालबाट चीनमा निर्यात हुने वस्तुहरुको पहिचान लगायतका विषयमा छलफल भएको सो बैठकमा नेपालमा सहकार्यका क्षेत्रहरु पहिचान गर्न छिट्टै अर्को बैठकको प्रस्ताव समेत चिनियाँ पक्षले राखेको थियो। भेटमा महासंघका अध्यक्ष राणाले ओबिओआरमार्फत नेपालको पूर्वाधार विकास, उर्जा, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी ल्याउन प्रतिनिधिमण्डल समक्ष आग्रह गगर्नुभयो।

नेपाल चीन लगायत ओबिओआर सदस्य राष्ट्रहरु बीच यातायात संयन्त्रमार्फत आपसी सम्पर्क विस्तार र नेपालमा लगानीको वातावरण निकै राम्रो रहेकोबारे राणाले जानकारी दिनुभएको नेपालखबर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु