फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विमानस्थलमा थन्किएर रहेका चिनियाँ जहाज उडाउन पहल हुँदै

(GMT+08:00) 2018-03-21 14:03:13

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारी समक्ष नेपाल वायुसेवा निगमको व्यवस्थापन समूहले त्रिभुवन विमानस्थलमा लामो समयदेखि थन्केर रहेका जहाज १० दिनभित्रै उडाउने प्रतिवद्धता जनाएको छ।सोमबार मन्त्रीलाई ब्रिफिङ गर्ने क्रममा निगमका अधिकारीहरूले चिनियाँ जहाजको बारेमा चासो राखेपछि निगमका उच्च अधिकारीहरुले १० दिनभित्रै उडाउने प्रतिवद्धता जनाएका हुन् ।

अहिले वायुसेवा निगमसँग ६ वटा चिनियाँ जहाज छन्। त्यसमध्ये ४ वटा जहाज पाइलटको अभावमा नउडाई राखिएको छ। यसका लागि एनएसीले चीनबाट पाइलट ल्याउने तयारी गरेको छ। खरिद गरेको लामो समयसम्म जहाज नउडाई राखेपछि मन्त्री अधिकारीले निगमका अधिकारीहरुलाई सोमबार 'नचलाउने भए किन खरिद गरेको ?' भनेर प्रश्न गर्नुभएको अनलाइनखबरले लेखेको छ।

ब्रिफिङ कार्यक्रममा सहभागी भएका एकजना उच्च अधिकारीले भने,' हाम्रो व्यवस्थापनले चिनियाँ जहाज १० दिनभित्रै उडाउँछौ भनेर प्रतिबद्धता जनाएको छ।' मन्त्रीले ब्रिफिङ कार्यक्रममा जुनसुकै हालतमा भएपनि चिनियाँ विमानहरु तत्काल उडाउन निर्देशन दिएका छन् ।

पाइलट अभाव विश्वभर भएकाले निगमले पाइलट अभाव छ भन्दै जहाज नउडाई राख्ने छृट नभएको मन्त्री अधिकारीले बताउनुभयो।

जानकारी तथा लेखहरु