फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संसारका उत्कृष्ट सय पर्यटक गाइडमा एकजना नेपाली पनि

(GMT+08:00) 2018-03-21 14:05:10

नेपालका अशोक सिलवाल संसारका 'टप हन्ड्रेड गाइड'को सूचीमा ७०औं स्थानमा समेटिएका छन्। संसारभरका यात्री र टुर गाइडलाई जोड्ने अनलाइन पोर्टल टुरएचक्यूले उनलाई 'ग्लोबल टुर गाइड अवार्ड २०१८' प्रदान गरेको छ। सिंगापुरस्थित उकत संस्थाले पर्यटकलाई अविश्वसनीय अनुभव दिलाएको भन्दै सिलवाललाई उक्त अवार्ड प्रदान गरेको हो।

उक्त पोर्टलले संसारभरका २६ हजारभन्दा बढी सक्रिय गाइडमध्येबाट उत्कृष्ट १०० को सूची तयार गरेको जनाएको छ। '२६ हजारभन्दा बढी गाइडहरुले यो सफल यात्रामा योगदान गरेका छन्, तपाईं जस्तै केही गाइडले बृहत् ज्ञान, अतुलनीय सेवा र मिलनसार व्यवहारका कारण उत्कृष्टता हासिल गरेका छन्,' टुरएचक्यूले भनेको छ।

टुरएचक्यूले गाइड लिएर घुम्ने पर्यटकहरुले दिएको प्रतिक्रियाका आधारमा उत्कृष्ट गाइडको सूची बनाएको हो। पाँच वर्षअघि मूलधारको सक्रिय पत्रकारिताबाट अलग भएर टुर गाइड बनेका सिलवाल पछिल्लो समय गाइडिङ र लेखनमा सक्रिय छन्।उनले भूकम्पपछि मानवविहीन बनेको लाङटाङमा पत्रकारको रुपमा सबैभन्दा पहिले पैदलै पुगेर त्यहाँको अवस्था समेटिएका दुई वृत्तचित्र 'घर फर्किरहेका मान्छे' र 'वेकिङ एन्ड वाकिङ' तयार गरेका थिए।

उनी नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का गाइडिङ इन्सट्रक्टर पनि हुन्। पछिल्लो तीन वर्षको गाइडिङ करिअरमा ६० भन्दा बढी देशका पर्यटकलाई घुमाएको सिलवाल बताउँछन्।

सिलवालले आफूले घुमाएका पर्यटकहरूलाई विषय बनाएर विभिन्न सञ्चार माध्यममा नियमित लेख पनि लेख्ने गरेका अन्नपूर्ण पोस्टले जनाएको छ।

जानकारी तथा लेखहरु