फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

(GMT+08:00) 2018-03-21 15:17:10

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो मार्च बीस तारिख भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनवार्ता गर्नुभएको छ।

फोनवार्तामा भारतीय प्रधानमन्त्री मोदीले सी चिनफिङ पुनः चीनको राष्ट्राध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई दिनुभयो। चीनसँग उच्च तहबीचको आवत-जावतलाई घनिष्ठ पार्न,द्वीपक्षीय सम्बन्धलाई गहन पार्न,अन्तर्राष्ट्रिय मामिलामा आपसी समन्वय तथा सहयोगलाई सबल पार्न,भारत-चीन विकासशील तथा सहयोगात्मक सम्बन्धलाई अघि बढाउन,विश्व तथा क्षेत्रीय शान्ति तथा विकासलाई अघि बढाउन भारत इच्छुक रहेको मोदीले बताउनुभयो।

प्रत्युत्तरमा राष्ट्राध्यक्ष सीले चीन तथा भारत ठूला विकासशील मुलुक तथा नवोदित मुलुकहरु भएको भन्दै प्रधानमन्त्री मोदीसँग दुई देशबीचका मामिलाहरु तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थितिबारे सम्पर्क बढाउन र दुई मुलुकबीचको विश्वासलाई बढाउन तथा दुई देश बीचको सम्बन्ध स्तरलाई उकास्ने इच्छा प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु