फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन सरकारको कार्य प्रतिवेदनमा छयासी विषय संशोधित

(GMT+08:00) 2018-03-21 15:19:56

चीनको राज्य परिषद अन्तर्गत अनुसन्धान कार्यालयका उप-प्रमुख हान वन श्युले हिजो मार्च बीस तारिख बोल्दै तेह्रौं राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनमा पारित "सरकारी कार्य प्रतिवेदन"मा जम्मा छयासी विषयमा संशोधन गरिएको जानकारी दिनुभएको छ। जसबाट जनताको मनको इच्छा अभिव्यक्त गरिएको र अझ राम्रोसँग एकमत हुन तथा काम गर्नका लागि उपयुक्त हुने कुरा पनि उहाँले बताउनुभयो। चालू वर्षमा चीनले स्थिरताका साथ विकास गर्ने तथा गुणस्तरीय विकासलाई अघि बढाउने जानकारी पनि उहाँले गराउनुभयो।

चीनको राज्य परिषद अन्तर्गत प्रेस कार्यालयद्वारा हिजो आयोजित बैठकमा हान वन श्युले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार,वितेका पाँच वर्षको अवधिमा ऐतिहासिक उपलव्धी तथा सरकारको कार्यका लागि थप राय-सुझाव प्रस्तुत गर्नुबाहेक, सरकारी कार्य प्रतिवेदनमा चालू वर्षको कामका लागि पनि थप जिज्ञासा प्रस्तुत गरिएको छ।

जानकारी तथा लेखहरु