फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनकांग्रेसको समापन समारोहमा राष्ट्राध्यक्ष सीले दिनुभएको संवोधनबारे विभिन्न प्रतिक्रिया

(GMT+08:00) 2018-03-21 15:50:09

मार्च २० तारिख पैचिङमा, चिनियाँ जनकांग्रेसको समापन समारोहमा राष्ट्राध्यक्ष सी चिनफिङले गर्नुभएको सम्बोधनलाई लिएर विभिन्न क्षेत्रबाट मूल्यांकन हुन थालेको छ।

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रबिन्द्र अधिकारीले चिनियाँ जनकांग्रेसको समापनमा राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधनबारे प्रतिक्रिया दिनुभयो।

राष्ट्राध्यक्ष सीले चीनको प्रगति,विश्वको विकास,उज्यालो भविष्यका साथै "बेल्ट एण्ड रोड"प्रस्तावबारे चर्चा गर्नुभएको कुरा आफूलाई घत लागेको उहाँले बताउनुभयो।

नेपालको त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्रका प्राध्यापक बालमुकुन्द रेग्मीले गत शताव्दीको आठौं दशकमा चीनमा पढ्नुभएको थियो। सीले आफ्नो पहिलो कार्यकालमा जस्तै दोश्रो कार्यकालमा पनि संविधान प्रदत्त अधिकार बमोजिम जनताको सेवामा खटिरहने प्रतिवद्धता जनाएको,निरन्तरको संघर्ष जारी राख्दै अघि बढ्नुपरेको तथा आफ्नो सार्वभौमिकताको रक्षा गर्दै अरूको हात नहाल्ने कुराले प्राध्यापक रेग्मीको ध्यानाकर्षण गरेको उहाँले बताउनुभयो।

नेपाल- चीन युवा संघका अध्यक्ष प्रकाशबाबु पौडेलले चीनको विकास तथा "बेल्ट एण्ड रोड" प्रस्तावप्रति सबैभन्दा बढी ध्यान दिनुभएको छ।

एपीवान टेलिभिजनका पत्रकार सरोज गौतम पनि एक जना चीनप्रेमी हुनुहुन्छ। उहाँले चिनियाँ जनकांग्रेसको समापनमा राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधनको उच्च मूल्यांकन गर्नुभयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङको सम्बोधनमा जनताका लागि सेवा उपलव्ध गराउने तथा उहाँको काम पनि जनताको अनुगमनमा पर्ने वचन दिनुभयो। यो नेपालका नेताहरुले उहाँबाट सिक्नसक्ने धारणा पनि हो।

जानकारी तथा लेखहरु