फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका परराष्ट्रमन्त्रीद्वारा नेपाल-चीन सम्बन्धबारे जानकारी

(GMT+08:00) 2018-03-22 13:44:04

चीन तथा भारत हेर्ने महाशाखाहरुबाट ब्रिफिङ लिएर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयको काम सुरु गर्नुभएको छ। केपी ओली सरकारले नाकाबन्दीका बेला बिग्रिएको भारतसँगको सम्बन्धलाई सुधार गर्ने र चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउने मूल उद्देश्य लिएको छ। मन्त्री ज्ञवाली चीन र भारत दुबैतिर राम्रो सम्बन्ध भएका राजनीतिक नेता मानिन्छन्।

यसैबीच परराष्ट्रमन्त्री नियुक्त भएकै दिन २ चैत्रमा कार्यभार सम्हालेका मन्त्री ज्ञवालीले आइतबार (४ चैत्र) देखि प्रत्येक दिनजस्तो मन्त्रालयका विभिन्न महाशाखाहरुबाट ब्रिफिङ लिन थाल्नुभएको हो। अहिलेसम्म उनले चीन–भारत र युरोप–अमेरिका, प्रशासन र क्षेत्रीय संगठन हेर्ने महाशाखाहरुको ब्रिफिङ लिएका छन्।

यसमध्ये चीन लगायतका मुलुक सम्बन्धी मामिला सहसचिव गणेशप्रसाद ढकाल नेतृत्वको उत्तर एसिया महशाखाले हेर्ने गर्छ भने भारत लगायत दक्षिण एसियाली मामिला सहसचिव भृगु ढुङ्गाना प्रमुख रहेको दक्षिण एसिया महाशाखा (डिभिजन) ले हेर्छ।

मन्त्री ज्ञवालीले चीन हेर्ने उत्तर एसिया महाशाखाबाट आइतबार ब्रिफिङ लिएको नेपालखबर अनलाइनले जनाएको छ। सहसचिवहरुले हेर्ने गरी परराष्ट्र मन्त्रालयमा जम्मा १० वटा डिभिजन (महाशाखा) छन्। मन्त्री ज्ञवालीले ब्रिफिङ लिएका उपरोक्त पाँचमध्ये बाँकी महाशाखामा नीति, योजना, विकास कुटनीति र नेपाली डायसपोरा (प्रमुख–कृष्णप्रसाद ढकाल) एक हो।

जानकारी तथा लेखहरु