फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजधानीमा खाद्य मेला आयोजना हुँदै

(GMT+08:00) 2018-03-22 13:47:35

आगामी चैत ९ गते देखि ११ गतेसम्म खाद्य मेला आयोजना हुँदैछ। राजधानीस्थित भृकुटीमण्डपको बगैंचामा तेस्रो पटक खाद्य मेला हुन लागेको हो। स्थानीय र अल्प प्रचलनमा रहेका पोषिला परिकारहरुको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको संयुक्त आयोजनामा मेला सञ्चालन हुन लागेको नेपालखबर अनलाइनले जनाएको छ।

'परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौं, असल पोषणका लागि खाने बानीमा सुधार गरौं' भन्ने नारा रहेको उक्त मेलामा मुख्य गरि खाने बानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषण सम्बन्धि जनचेतनामूलक कार्यक्रम हुने बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि विभागले जानकारी गराएको छ।

कार्यक्रमको आसरमा विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले मेलामा थारु, नेवार, राई लगायत विभिन्न जाति जनजातिका लोकप्रिय पौष्टिक परिकारको प्रदर्शनी, बिक्री वितरणका साथै झाँकी प्रदर्शनी हुने बताउनुभयो। स्थानीय स्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थहरुको उत्पादन विविधीकरण तथा पौष्टिक महत्वका बारेमा समेत विविध जानकारी मेलाको अवसरमा गराइने छ।

आयोजकका अनुसार मेलामा विभिन्न जाति, जनजातिका परम्परागत परिकारसहितका १४ स्टल, विभिन्न संघसंस्थाका जानकारीमूलक २४ स्टल र विभिन्न उद्योगहरुबाट उत्पादित खाद्य वस्तु बिक्री विवतरण गर्ने गरी ४० वटा गरि ७८ स्टल सहभागि हुनेछ।

जानकारी तथा लेखहरु