फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंको चक्रपथमा मोनोरेल चलाउन मलेसियाली रेल कम्पनीको चासो

(GMT+08:00) 2018-03-23 15:41:29

काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ। मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन्। उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर काठमाडौं मोनोरेल प्रालि नामक कम्पनी गत माघमै स्थापना गरिसकेका छन्।

मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीको अध्यक्षमा डा. अमिनुद्दिन अदनान, कर्पोरेट डाइरेक्टर हेन्री जुड, निर्देशक सिएस सेल्भाराजाका साथै बेलायती लगानी कम्पनी एन्जल इन्भेस्टमेन्टका मलेसियाली कन्सलट्यान्ट अल्बर्ट पेरियानागाम काठमाडौंमा छन्। टोलीले बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर परियोजनाबारे जानकारी गराएको थियो।

नागरिक दैनिकका अनुसार मलेसियाली टोलीले ललितपुर उपमहानगरपालिका नेताहरुसँग पनि भेटेको छ। चक्रपथमा साढे २८ किमि लामो डबल ट्र्याकको मोनोरेल निर्माण गर्ने योजना छ, जसको लागत ८० अर्ब रुपैयाँ लाग्ने अनुमान छ। सो कम्पनीले प्रधानमन्त्रीलाई गराएको जानकारीअनुसार मोनोरेलका गति बढीमा असी किलोमिटर प्रतिघण्टा हुनेछ। आठ सय मिटरदेखि साढे एक किमिको अन्तरमा रहनेगरी १७ वटा स्टेसन राखिनेछ। प्रारम्भिक अध्ययनअनुसार प्रतिकिलोमिटर निर्माण लागत २ अर्बदेखि ३ अर्ब रुपैयाँसम्म लाग्ने देखिएको छ। जमिनबाट १४ फिट उचाइमा गुड्ने मोनोरेलले दैनिक १ लाख ५० हजार यात्री बोक्नेछ।

जानकारी तथा लेखहरु