फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुदूरपश्चिम नेपालको खप्तडमा पर्यटन प्रवर्द्धन गर्न होमस्टे

(GMT+08:00) 2018-03-23 15:47:01

प्राकृतिक सौन्दर्यमा अग्रणी खप्तडको पर्यटन प्रवर्द्धनका लागि अछामको खप्तडमा होमस्टे सञ्चालनमा ल्याइएको छ। खप्तड घुम्न जाने पर्यटकलाई खानबस्न सजिलो होस् भनेर अछामको खप्तडस्थित तत्लो तुका गाउँमा होमस्टे सञ्चालनमा ल्याइएको हो। यसअघि पर्यटक स्थानीयका घरमै बस्दै आएका थिए। होमस्टे सञ्चालनमा आएपछि तिनलाई छुट्टै घरमा राखिने अन्नपूर्ण पोस्ट अनलाइनले लेखेको छ।

पर्यटकलाई खानबस्न सजिलो होस् भनेर होमस्टे सञ्चालनमा ल्याइएको साँफेबगर नगरपालिका–१२ खप्तडका अध्यक्ष प्रकाश रानाले बताउनुभयो। अछाम, बाजुरा, डोटी र बझाङको संगमस्थलमा अवस्थित खप्तड पुग्न सबैभन्दा छोटो मार्गका रूपमा रहेको खप्तडको तत्लो तुकाबाट खप्तडको पाटन पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्छ। भूकम्पप्रतिरोधी छुट्टै पाँच घर निर्माण गरेर सञ्चालनमा ल्याइएको होमस्टेमा पर्यटकलाई स्थानीय खानाका परिकार मात्र खुवाइने रानाले जानकारी दिनुभयो। पर्यटकलाई खानबस्न सजिलो होस् भनेर होमस्टे सञ्चालनमा ल्याइएको हो।

होमस्टेका लागि खटिया, कपडा, कर्कटपाता तथा खाना पकाउन चाहिने भाडाकुँडा खरिदमा एस नेपालको करिब साढे तीन लाख र बाँकी स्थानीयको गरी करिब आठ लाख रुपैयाँ लगानी गरिएको छ। होमस्टेमा एक पटकमा २० देखि २५ जनासम्म बस्न मिल्ने स्थानीयको भनाइ छ।

जानकारी तथा लेखहरु