फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली दूतावासद्वारा 'नेपालमा जलविद्युत परियोजनाहरूमा लगानीको अवसर' विषयक एक गोष्ठीको आयोजना

(GMT+08:00) 2018-03-23 16:32:46

पैचिङ अवस्थित चीनका लागि नेपाली दूतावासले आज 'नेपालमा जलविद्युत परियोजनाहरूमा लगानीको अवसर' विषयक एक गोष्ठीको आयोजना गरेको छ।

उक्त गोष्ठीमा स्वागत मन्तव्य राख्दै राजदूत लीलामणि पौडेलले नयाँ संविधानमा आधारित निर्वाचन सम्पन्न भइ पाँच वर्षका लागि नयाँ सरकार गठन सँगै राजनैतिक स्थिरता र आर्थिक समृद्धिको नयाँ अध्याय शुरू भइसकेको बताउँदै नेपालको जलविद्युत परियोजनामा लगानी लगाउन आग्रह गर्नु भयो। ८०० मेगावाटको जलविद्युत क्षमता रहेको नेपालमा नेपाल सरकारले समेत यस्ता परियोजनामा लगानी लगाउनेलाई विविध सुविधा उपलब्ध गराएकोमा चिनियाँ लगानीकर्तालाई यो मौकाको फाइदा उठाउन आजको गोष्ठीको उद्देश्य रहेको पनि बताउनुभयो।

उक्त गोष्ठीका लागि ऊर्जा, जलस्रोत र सिंचाई मन्त्री वर्षमान पुनको सन्देश पनि राजदूत लीलामणि पौडेलले पढेर सुनाउनु भएको थियो। सन्देशमा यस गोष्ठीले आउने दिनमा नेपाल चीन बीचको लगानी क्षेत्रमा पुंजी जुटाउने र प्रविधि भित्र्याउने आशा गर्नुका साथै चिनियाँ लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी लगाउन व्यक्त गरिएको थियो।

गोष्ठीमा चीनको ईण्डष्ट्रियल तथा वाणिज्य बैंकअन्तर्गत ग्लोबल पावर फाइनान्सका अध्यक्ष ली हंगले उक्त फाइनान्सले विश्वभरि ऊर्जास्रोतको क्षेत्रमा काम गर्द आएको र नेपालसँग पनि आउने दिनमा काम गर्ने प्रचुर सम्भावना रहेको बताए।

त्यसै गरी नेपालमा लगानीको लागि संभावना सम्बन्धमा दूतावासका आर्थिक मन्त्री बिनोद अचार्यले एक प्रस्तुतिसहित जानकारी दिनुभएको थियो। त्यसै गरी नेपालका जलविद्युत् परियोजनाहरुमा लगानीका अवसरहरु सम्बन्धमा विद्युत उत्पादन कम्पनी लिमिटेडका बोर्ड सदस्य सुरेन्द्र कुमार उप्रेती, त्यसै गरी नेपालमा जलविद्युत् परियोजनाहरुको प्रसारण सम्बन्धमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका मुख्य कार्यकारी अधिकृत नेत्र प्रसाद ज्ञवाली, र लगानी र विकास सम्बन्धमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेंट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका मुख्य कार्यकारी अधिकृत छबि राज पोखरेलले पनि जानकारीसहित तथ्यांक प्रस्तुत गर्नुभएको थियो।

उक्त गोष्ठीको बारेमा मिनिस्टर काउन्सलर हरिष चन्द्र घिमिरेले जानकारी दिनुका साथै उपस्थित अतिथिको परिचय दिनुभएको थियो भने कार्यक्रम समापन नियोग उपप्रमुख सुशिल कुमार लम्सालले गर्नुभएको थियो।

गोष्ठीमा ४० चिनियाँ कम्पनीका प्रतिनिधिसहित ८० भन्दा बढी चिनियाँ व्यापारी तथा विज्ञ र पत्रकारहरूको सहभागिता थियो।

जानकारी तथा लेखहरु