फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उप राष्ट्राध्यक्ष वाङ छी शानद्वारा नेपालका उपराष्ट्रपतिलाई बधाई

(GMT+08:00) 2018-03-23 18:23:23

चीनका उप राष्ट्राध्यक्ष वाङ छी शानले मार्च एक्काईस तारिख नन्दबहादुर पुनलाई एक सन्देश पठाउँदै उहाँ निरन्तर रुपमा नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा बधाई दिनुभएको छ।

आफ्नो सन्देशमा उपराष्ट्राध्यक्ष वाङ यसरी भन्नुहुन्छ: चीन र नेपाल संयुक्त रुपमा कठिनाई सामना गरेका असल छिमेकी, राम्रा साझेदार र राम्रा साथी हुन्। नेपालले अटलताका साथ एक चीन नीति अपनाएको कुराको चीनले सराहना गरेको छ। आगामी दिनमा चीनले निरन्तर रुपमा नेपालको आर्थिक र सामाजिक विकासका लागि सक्दो ठूलो सहयोग दिंदै जानेछ। तपाईंसँग घनिष्ट रुपमा सहयोग गर्दै चीन र नेपालबीचको युगौंयुगदेखि रहँदै आएको सम्पूर्ण सहयोगात्मक साझेदारी सम्बन्धलाई विकसित पार्दै जान म इच्छुक छु।

जानकारी तथा लेखहरु