फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालबाट चीन प्रवेश गर्ने रसुवागढी नाकास्थित भोटेकोसी किनारमा सुख्खा बन्दरगाहको निर्माण हुने

(GMT+08:00) 2018-03-24 13:44:46

नेपालबाट चीन प्रवेश गर्ने दोस्रो ठूलो तथा छोटो रसुवागढी नाकास्थित भोटेकोसी किनारमा सुख्खा बन्दरगाहको निर्माण हुने भएको छ। चीनसँगको व्यापार सहजीकरणका लागि रसुवाको टिमुरेमा अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत डिजाइनसमेत तयार भएपछि निर्माण सुनिश्चित भएको छ।

सदरमुकाम धुन्चेदेखि २६ किलोमिटर दूरीमा रहेको टिमुरे गाविसको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको रसुवा प्रशासनले जनाएको छ। छिमेकी चीनले प्राथमिकतामा राखेको केरुङ नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको जग्गा अधिग्रहणको तथा मुआब्जा वितरणको सकिएको गोरखापत्र अनलाइनले जनाएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक लक्ष्मणबहादुर बस्नेतले सुख्खा बन्दरगाहको फाइनल डिजाइनपत्र स्वीकृतसँगै बन्दरगाहको निर्माण प्रक्रिया अघि बढेको जानकारी दिनुभयो। चीनले अब बढीमा दुई महिनामा लागत इस्टमेट तयार हुने जानकारी दिएको छ। विस्तृत डिजाइन पूरा गरेर त्यसको एक महिनामा निर्माण कम्पनीको छनोट गरिने जानकारी बस्नेतले बताउनुभयो । यस वर्ष जनवरी १५ मा डिजाइनमा हस्ताक्षर भएको थियो। उहाँका अनुसार डिजाइन तथा निर्माण चिनियाँ सरकारको डिजाइन कम्पनी तिब्बेतीयन रिकन्सक्साईन एन्ड अप्टोमोटिक रिजनले निर्माण गरेर हस्तान्तरण गर्नेछ ।

नेपाल सरकारको पक्षबाट सुख्खा बन्दरगाहमा हुनुपर्ने सबै आधार तयार गरी प्रमाणित गर्न समय लाग्ने भएकोले केही ढिलाइ भएको तर अब डेढ महिनामा काम सुरु हुनेछ। चीनले २०१४ मा बन्दरगाह बनाउन प्ररम्भिक सहमति जनाएको पनि भूकम्प लगत्तै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनले केरुङको विकासलाई बढी प्राथमिकता दिँदैआएको छ । बन्दरगाह निर्माण गुरु योजनामा भने आठ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ। बन्दरगाहको विस्तृत डिजाइन, इस्टमेट, लगानी तथा निर्माण सबै चीनले नै गर्नेछ।

चीनले आफ्नो भू–भाग रसुवागढी नाकाबाट करिब ३० किलोमिटर टाढा केरुङमाथि पाङसिङमा आधुनिक बन्दरगाह निर्माण थालनी गरेको छ। चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी चार सय ५० किमि रहेको छ।चीनले सन् २०२० सम्म केरुङलाई रेल सञ्जालमा जोड्ने लक्ष्य राखेको छ। पछिल्लो समय चीनसँग स्थलमार्गबाट हुँदैआएको प्रमुख व्यापार यहीँ नाका भएकाले यसको व्यावसायिक महत्व बढ्दैगएको छ। रेलबाट ल्याएको सामानलाई सिधै कन्टेनरमा लोड गरी सुख्खा बन्दरगाहमा ल्याएर आवश्यक प्रक्रिया पूरा गर्न सजिलो हुने बस्नेतले बताउनुभयो । रसुवागढीबाट स्याफ्रु, मैलुङ, त्रिशूली, गल्छी हुँदै भारत जोड्ने सबैभन्दा छोटो रुटको सडक हुनेछ।

सुख्खा बन्दरगाह निर्माणका लागि सुख्खा बन्दरगाहका लागि प्रयोग गरिने जग्गाको मुआब्जा वितरण सकिएकोले अब बन्दरगाह निर्माण हुनेभएको हो।

जानकारी तथा लेखहरु