फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कर्णाली प्रदेशको राजधानी सुर्खेत र काठमाडौं प्रत्यक्ष हवाई सम्पर्कमा जोडिने

(GMT+08:00) 2018-03-24 13:49:00

कर्णाली प्रदेशको राजधानी सुर्खेत काठमाडौंसँग प्रत्यक्ष हवाई सम्पर्कमा जोडिने भएको छ। बुद्ध एयरले वैशाख १ गते देखि पुनः काठमाडौं–सुर्खेत–काठमाडौं उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाए लगत्तै सिधा हवाई उडान भर्ने तयारी गरेको हो। बुद्ध एयरले १८ सिट क्षमताको बिच १९०० डि जहाजबाट काठमाडौं–सुर्खेत–काठमाडौंको दैनिक एक उडान भर्ने योजना बनाएको छ।

नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिक्तम एकतर्फी भाडा दर ११ हजार ४ सय १९ रुपैयाँ भएता पनि आधा सिट ८ हजार ५ सय रुपैयाँ र बाँकी आधा सिट १० हजार ५ सय रुपैयाँमा बेच्ने कम्पनीले जनाएको छ। यसअघि पर्याप्त यात्रु नपाएको भन्दै एयरले २०७० असारबाट सुर्खेत¬काठमाडौं प्रत्यक्ष उडान रद्ध गरेको थियो।

बुद्ध एयरले आफ्नो पुनः उडानले पर्यटन लगायत अन्य क्षेत्रहरुमा पनि आर्थिक वृद्धि तथा समुचित प्रदेशकै समृद्धिमा टेवा पुग्ने बताएको छ। नेपाल एयरलाइन्सले समेत चैत २१ गतेदेखि सुर्खेत उडान भर्ने बताएको छ। एयरलाइन्सका प्रमुख सुगतरत्न कंसकारले चैत २१ गते सम्ममा उडान गर्ने बताउनुभयो। सेतोपाटी अनलाइनका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्रीबीच कर्णालीको पर्यटन विकास सम्बन्धी बुधबार भएको छलफलमा प्रत्यक्ष हवाई उडान गर्ने निर्णय भएको थियो।

जानकारी तथा लेखहरु