फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको सबैभन्दा गरीब कर्णाली प्रदेशले वर्षेनी पाँच लाख पर्यटन भित्र्याउने

(GMT+08:00) 2018-03-24 13:51:45

सातमध्ये सर्वाधिक गरिबी रहेको कर्णाली प्रदेशले २०७५ सालमा पाँच लाख पयर्टक भित्र्याउने महत्वांकाक्षी योजना सार्वजनिक गरेको छ। त्यसका लागि आउँदो वैशाख १ गते 'रारा–कर्णाली पर्यटन वर्ष २०७५' सुरु गर्ने निर्णय भएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जनाउनुभयो। हालसम्म वर्षमा ५० हजार हाराहारी पर्यटक पुग्ने गरेको कर्णाली प्रदेशमा एकै वर्षमा पाँच लाख पर्यटक पु-याउनु सजिलो भने छैन। कर्णाली प्रदेशको अधिकांश भागमा भौतिक पूर्वाधारको अवस्था नाजुक छ।

कर्णाली प्रदेशमा पर्ने १० जिल्ला भौगोलिक वनावटको दृष्टिकोणले निकै सुन्दर भए पनि बाहिरबाट पर्यटक नजाँदा पर्यटन क्षेत्रको उपयोग हुन सकेको छैन। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७५ भरि पाँच लाख पर्यटक पु-याइने बताउनुभयो। हाल कर्णालीमा वर्षभरि ५० हजार जति पर्यटक पुग्ने गरेका छन्। पर्यटन वर्षको अवसरमा खस भाषा र संस्कृतिको प्रचारप्रसारको साथै र्याफ्टिङ, ट्रेकिङलाई पनि जोड दिइने योजना छ।

अन्नपूर्णपोस्ट अनलाइनका अनुसार कर्णालीका मुख्य पर्यटकीय क्षेत्रमा मुगुको रारा ताल, रारा राष्ट्रिय निकुञ्ज, डोल्पाको शे गुम्बा, फोक्सुन्डो ताल, त्रिपुरासुन्दरी मन्दिर, जुम्लामा पर्ने नेपाली भाषा तथा सभ्यताको उद्गम थलो सिँजा उपत्यका, सुर्खेतको काँक्रेबिहार, बुलबुले ताल, देउती बज्यै मन्दिर, कालीकोटको पञ्चदेवल, रास्कोट, पाताल छहरा, हुम्लाको लिमी उपत्यका, मानसरोवर यात्रा हुन्। त्यस्तै सल्यानको कुपिन्डे दह, रुकुमको स्र्यापु दह, जाजरकोटको ठाकुरजी दह, दैलेखको ज्वाला, दुल्लु दरबार पनि कर्णाली प्रदेशका मुख्य पर्यटकीय स्थल हुन्।

जानकारी तथा लेखहरु