फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वैधानिक हितको रक्षा नै चीनको रोजाई भएको अमेरिकाका लागि चिनियाँ राजदूतको भनाइ

(GMT+08:00) 2018-03-24 13:53:27
अमेरिकाका लागि चिनियाँ राजदूत छ्वै थेन खाईले मार्च २३ तारिख बोल्दै अमेरिकाले चीनलक्षित 301 छानबीनको नतिजा सार्वजनिक गरी चीनमाथि नाकाबन्दीको कदम चालेको सन्दर्भमा वैधानिक हितको संरक्षणका लागि चीनले आवश्यक सम्पूर्ण कदम चाल्ने विचार व्यक्त गर्नुभएको छ।

अमेरिकाको ब्लुमबर्ग टिभिसँग अन्तर्वार्ता दिँदै छ्वै थेन खाईले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार,वर्तमान विश्वका विभिन्न मुलुकहरुको आर्थिक सम्बन्ध घनिष्ठ रहेको छ,जसबाट एउटा संयुक्त हित भएको समुदाय बनेको छ।

अमेरिकाप्रति चीनको व्यापारिक नाफा भएतापनि अत्याधिक छिमेकी मुलुकहरुप्रति चीनको व्यापारिक घाटा छ। यो विश्वको आपूर्ति बजारमा विभिन्न मुलुकको विभिन्न भूमिका खेल्दाको एउटा प्रमाण हो। त्यसैले सम्बन्धित पक्षले विवेकका साथ निर्णय गर्नुपर्छ। चीनले कुनै पनि पक्षसँग व्यापारिक लडाईं गर्न खोजेको छैन,तथापि केही पक्षले जिद्दी गरेर व्यापारिक लडाईं गर्न खोजेमा चीनले त्यसको प्रतिकार गर्नेछ। चीनले कुनै पनि त्रास धम्की,दबाबका सामु शिर झुकाउने छैन।

जानकारी तथा लेखहरु