फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्यू हद्वारा अमेरिकी वित्तिय मन्त्री मनुचिनसँग टेलिफोन कुराकानी

(GMT+08:00) 2018-03-24 13:54:05

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक व्यूरोका सदस्य, राज्य परिषद्का उप-प्रधानमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय वित्त कार्यालयका प्रमुख,चीन-अमेरिका चौतर्फी वार्ता सम्बन्धी चिनियाँ पक्षका नेता ल्यू हले आमन्त्रित भएर आज मार्च चौबीस तारिख अमेरिकी वित्तिय मन्त्री स्टिभेन टनर मनुचिनसँग टेलिफोन कुराकानी गर्नुभयो।

टेलिफोन कुराकानीमा स्टिभेनले चीनलक्षित 301छानबीन प्रतिबेदनको पछिल्लो अवस्थाबारे चीनलाई सुनाउनुभयो। त्यसैगरी ल्यू हले अमेरिकाले हाल चीनलक्षित 301छानबीन प्रतिबेदन सार्वजनिक गरेको कुराले अन्तर्राष्ट्रिय व्यापारिक नियम विपरित गरेको भन्दै अमेरिकाको उक्त गतिविधि चीनको हित,अमेरिकाको हित तथा विश्वको हितको प्रतिकूल रहेको बताउनुभयो।

चीन राष्ट्रिय हितको संरक्षण गर्न सक्षम छ र चीनले तयारी गरिसकेको भन्दै ल्यू हले दुवै पक्षलाई चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको समग्र रुपमा स्थिर परिस्थितिको संरक्षण गर्नसक्ने आशा चीनले गरेको बताउनुभयो। दुवै पक्षले यस समस्याबारे सम्पर्क जारी राख्ने सहमति जनाए।

जानकारी तथा लेखहरु