फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गएको एक सातामा दक्षिण एशियामा भएका महत्वपूर्ण समाचारहरु

(GMT+08:00) 2018-03-24 13:54:59

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मार्च बीस तारिख भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनवार्ता गर्नुभएको छ।

फोनवार्तामा भारतीय प्रधानमन्त्री मोदीले सी चिनफिङ पुनः चीनको राष्ट्राध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई दिनुभयो। चीनसँग उच्च तहबीचको आवत-जावतलाई घनिष्ठ पार्न,द्वीपक्षीय सम्बन्धलाई गहन पार्न,अन्तर्राष्ट्रिय मामिलामा आपसी समन्वय तथा सहयोगलाई सबल पार्न,भारत-चीन विकासशील तथा सहयोगात्मक सम्बन्धलाई अघि बढाउन,विश्व तथा क्षेत्रीय शान्ति तथा विकासलाई अघि बढाउन भारत इच्छुक रहेको मोदीले बताउनुभयो।

राष्ट्राध्यक्ष सीले चीन तथा भारत ठूला विकासशील मुलुक तथा नवोदित मुलुकहरु भएको भन्दै प्रधानमन्त्री मोदीसँग दुई देशबीचका मामिलाहरु तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थितिबारे सम्पर्क बढाउन र दुई मुलुकबीचको विश्वासलाई बढाउन तथा दुई देश बीचको सम्बन्ध स्तरलाई उकास्ने इच्छा प्रकट गर्नुभयो।

अठार तारिख, नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङलाई चीनको राष्ट्रपति पदमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ। बधाई सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको राष्ट्रिय समाचार समितिले लेखेको छ। यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चिनियाँ राष्ट्राध्यक्ष सी चिङफिङ पुनः राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गर्नु भएको छ। प्रधामन्त्री ओलीको सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उच्चस्तरमा हुने भ्रमण र जनस्तरको सम्बन्धले यसलाई अझ प्रगाढ बनाउने बताउनु भएको छ। सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल 'एक चीन नीति' प्रति प्रतिबद्ध रहेको र नेपालको भूमी चीनविरुद्ध प्रयोग हुन नदिइने उल्लेख गर्नु भएको छ।

मार्च उन्नाइस तारिख, काठमाडौंमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारको सहयोगमा निर्मित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको उद्घाटन गर्नुभएको छ। काठमाडौंको मातातीर्थमा बनेको सो भवनको उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ राजदूत यु होङ, गृहमन्त्री रामबहादुर थापा बादल लगायत उच्चपदस्थ सुरक्षा अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले चीन नेपाल मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै समयभन्दा अगावै चीनले यो परियोजना सम्पन्न गरेकोमा प्रशंसा गर्नुभयो।

मार्च एकाइस तारिख एउटा माइक्रोबस पाकिस्तान नियन्त्रित काश्मिर उपत्यकामा खसेको थियो। जसबाट कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका छन्। मृतकहरुमध्ये चार जना महिला तथा एक जना बालक समावेश छन्।

जानकारी तथा लेखहरु