फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघीय मानव अधिकार समितिबाट चीनको प्रस्ताव पारित

(GMT+08:00) 2018-03-24 13:55:43

संयुक्त राष्ट्र संघ मानव अधिकार समितिको 37औँ सम्मेलनले तेईस तारिख चीनले प्रस्तुत गरेको मानव अधिकार क्षेत्रमा सहकार्य र साझा जित प्रवर्द्धन विषयक प्रस्ताव पारित गरेको छ।

त्यस प्रस्तावमा सँगै मिलेर आपसी सम्मान गर्ने, निष्पक्ष र न्यायिक, सहकार्य र साझा जितको नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गर्नुका साथै मानव जातिको एकरुपताको भाग्य निर्माणका लागि विभिन्न मुलुकलाई आह्वान गरिएको छ। यसबाहेक, विभिन्न मुलुकहरूले बहुपक्षीयतावादलाई कायम राख्ने, मानव अधिकार क्षेत्रको सम्झौता-वार्ता र सहकार्यलाई सबल पार्ने, सहयोगमार्फत् साझा जितको लक्ष्यलाई साकार तुल्याउने कुरामा पनि उक्त प्रस्तावले जोड दिएको छ।

जेनेभामा आयोजित संयुक्त राष्ट्र संघ मानव अधिकार समितिको 37औँ सम्मेलन तेइस तारिख अन्तिम दिनमा पुग्दा राष्ट्र संघ जेनेभाका लागि चिनियाँ आवासीय प्रतिनिधि राजदुत यु चेन ह्वाले उक्त प्रस्तावको व्याख्या गर्नुभएको थियो।

जानकारी तथा लेखहरु