फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राज्यपरिषद सदस्य याङ चे छ तथा दक्षिण अफ्रिकी राष्ट्रपतिबीच भेटघाट

(GMT+08:00) 2018-03-24 13:56:23
चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेष प्रतिनिधि एवम् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य याङ चे छले तेईस तारिख केपटाउनमा दक्षिण अफ्रिकी राष्ट्रपति साइरिल रामाफौसासँग भेटघाट गर्नुभएको छ।

भेटमा सदस्य याङले सर्वप्रथम राष्ट्रपति रामाफौसासमक्ष राष्ट्राध्यक्ष सीको हार्दिक अभिवादन र शुभेच्छा हस्तान्तरण गर्नुभयो। दक्षिण अफ्रिकासँग उच्च तहको आवत-जावतलाई अघि बढाउँदै जान, राजनीतिक पारस्परिक विश्वासलाई सबल पार्दै जान, वास्तविक सहयोगलाई गहन पार्दै जान र द्बिपक्षीय सम्बन्धलाई निरन्तर रुपमा विकसित पार्दै जान चीन इच्छुक रहेको कुरा पनि सदस्य याङले औँल्याउनुभएको छ।

प्रत्युत्तरमा रामाफौसाले दुवै पक्षले सँगै मिलेर ब्रिक्स मुलुकको शिखर सम्मेलन र चीन-अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनका लागि एकले अर्कालाई समर्थन गर्ने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु