फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बुद्ध नेपाल-चीन मित्रताका प्रतीक भएको चिनियाँ बौद्ध गुरूको भनाइ

(GMT+08:00) 2018-03-25 13:23:06

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य एवं बुद्धिष्ट एशोसियन अफ चाइनाका उपाध्यक्ष एवं शनचनस्थित होङफा बौद्ध मन्दिरका प्रमुख यिन शुनले शाक्यमुनि बुद्ध सबैका साझा गुरू भएको बताउनुभएको छ। बुद्धका कारण जोडिएको नेपाल-चीन मित्रता र अदानप्रदानलाई अग्ला अग्ला हिमालले पनि छेक्न नसक्ने पनि उहाँले बताउनुभयो।

शुक्रवार क्वाङ्चौस्थित महावाणिज्य दूतावासका कन्सुलर रबि भट्टराईसँग होङफा गुम्बामा भेट्दै उनले नेपालमा बुद्ध जन्मस्थल रहेको र बुद्धको महत्वपूर्ण भूमिका सारा एसियाभर दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो। नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले पनि चीनको हित तथा चासोलाई दृढताका साथ समर्थनको प्रशंसा गर्दै भिक्षु यिनले दुई देशबीचको जनस्तरीय सम्पर्क अझै गहन हुँदै जाने बताउनुभयो।

भेटमा महावाणिज्यदूत भट्टराई नेपालमा २०७२ वैशाख १२ को विनाशकारी भूकम्पछि क्षतिग्रस्त भएका गुम्बा लगायत धार्मिकस्थलहरू पुनः निर्माणमा चीनले पुर्याएको योगदानप्रति आभार प्रकट गर्नुभयो। साथै उहाँले बुद्ध नै चीन-नेपाल मैत्री सम्बन्धमा सबैभन्दा महान् दूत भएको चर्चा गर्नुभयो। प्रत्येक नेपालीका मनमा चिनियाँहरू असल मित्र भएको सुनाउँदै महावाणिज्यदूत भट्टराईले चीन नेपाल मित्रतामा बौद्ध सांस्कृतिक आदान प्रदान मात्रै नभएर सबै राजनीतिक तथा व्यापारिक दृष्टिकोणबाट पनि सन्तुलित रहेको बताउनुभएको नेपालखबर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु