फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको तराई केन्द्रित एउटा राजनीतिक दलका १५ नेताहरूले चीन भ्रमण गर्दै

(GMT+08:00) 2018-03-25 13:25:23

संघीय समाजवादी फोरम नेपालका १५ जना नेताहरु आइतबार चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा फोरमका सात सांसद र आठ केन्द्रीय सदस्य त्यसतर्फ जान लागेका हुन् । भ्रमणमा जाने सात सांसदमध्ये ४ जना प्रतिनिधिसभा, दुईजना प्रदेशसभा र एकजना राष्ट्रियसभाका छन्।

उपाध्यक्ष रेणु यादवको नेतृत्वमा प्रतिनिधिसभा सदस्यहरु यादव, प्रदीप यादव, रामबाबु यादव र सुरेन्द्र यादव, प्रदेशसभा सदस्यद्वय जयराम यादव र रणध्वज लिम्बु तथा राष्ट्रियसभा सदस्य रामप्रीत पासवान चीन जाने तय भएको छ। त्यस्तै केन्द्रीय सदस्यहरू अर्जुन थापा, सञ्जय सिंह, भूराज राई, रामआशिष यादव, शेषनारायण यादव, दिनेशकुमार यादव र मिलनकुमार यादव चीन जाँदै छन्। टोलीको नेतृत्व गर्दै चीन जान लागेकी पार्टी उपाध्यक्ष यादवले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा चुनावअघि नै आएको बताउनुभयो।

मधेस केन्द्रित दललाई चीनले प्राथमिकतामा राखेको बताउँदै उहाँले टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू, चीन सरकारका मन्त्री, बेइजिङ महानगरपालिकाका प्रमुखसँग भेट गर्ने कार्यक्रम छ। सातदिने भ्रमणका लागि निस्किने टोली क्वाङचौ हुँदै बेइजिङ पुग्नेछ।

जानकारी तथा लेखहरु