फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा अध्ययन गर्ने नेपाली विद्यार्थीले चिनियाँ भाषा परीक्षा उत्तीर्ण हुनुपर्ने

(GMT+08:00) 2018-03-26 16:06:44

       चीनमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले अब चिनियाँ भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ। अमेरिका, बेलायत, अष्ट्रेलियालगायत मुलुकमा आईएलटीएस, टोफल लगायतका भाषा परीक्षा उत्तीर्ण गरेपछि मात्र उच्च शिक्षा अध्ययन गर्न पाइने जस्तै व्यवस्था चीनमा पनि गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।

        नेपालमा यस्तो परीक्षा दिन पाउने सुविधाको थालनी गरिएको छ। कन्फ्युसियस इन्स्टिच्यूट हानपानले सञ्चालन गर्ने यस्तो परीक्षा कलङ्कीस्थित एलआरआई कन्फ्युसियस क्लासरुमले थालनी गरेको हो।

         चिकित्साशिक्षा, इन्जिनियरिङ लगायत उच्च शिक्षा अध्ययन गर्न जानेहरुले चिनियाँ भाषा नजान्दा समस्या हुने गरेको र उनीहरूले चीनमा गएर सिक्नुपर्ने अवस्था थियो। अब चिनियाँ भाषाको परीक्षा (एचएसके) उत्तीर्ण गर्नुपर्ने वाध्यात्मक व्यवस्था भएको छ। नेपालको एचएसके टेस्टका व्यवस्थापक प्रवीण मर्हजनले परीक्षा दिएको १५ दिनमा परीक्षाफल सार्वजनिक हुने बताउँदै अनलाइनबाट परीक्षा दिने व्यवस्थाले सहज हुने बताउनुभयो। नेपाली विद्यार्थीका लागि ६५० देखि ९०० रुपियाँ शुल्क कायम गरिएको छ।

जानकारी तथा लेखहरु