फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हवाई सुरक्षामा ध्यान दिने नेपालका नागरिक उड्यन मन्त्रीको भनाइ

(GMT+08:00) 2018-03-27 18:09:16

      नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले हवाई सुरक्षामा विशेष ध्यान दिने बताउनु भएको छ। युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्जवलन गर्दै मन्त्री अधिकारीले हवाई सुरक्षा सरकारको मुख्य विषय रहेको बताउनु भएको हो। हवाई सुरक्षाका लागि विश्वमा प्रचलित प्रविधिलाई आत्मसाथ गर्दै अगाढी बढ्नेमा उहाँले जोड दिनुभएको नेपाल खबर अनलाइनले लेखेको छ।

        'अबदेखि हवाई दुर्घटना हुँदा आयोग बन्ने र प्रतिवेदन तयार हुने विषय औपचारीकतामा मात्र सिमित हुन दिन्नौं ' मन्त्री अधिकारीले भन्नुभयो, 'युएस बंगला विमान दुर्घटनाको छानबिन समितिले तिव्रताका साथ गर्दै छ।'

        चारुमती बुद्धिष्ट मिसन नेपाल तथा सम्पूर्ण पीडित परिवारको आयोजनामा युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्मसान्तिका लागि माइतिघर मण्डलामा सोमबार दीप प्रज्जवलन गरिएको हो।

जानकारी तथा लेखहरु