फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्थिर सरकार बनेपछि नेपालको जलविद्युत्‌मा लगानी बढाउन भारत इच्छुक

(GMT+08:00) 2018-03-27 18:10:12

         नेपालमा लामो समयपछि गठन भएको स्थिर सरकारवाट नीतिगत सुधार र लगानीको वातावरण बनेको भन्दै छिमेकी मुलुक भारत जलविद्युत्‌का क्षेत्रमा थप लगानी गर्न इच्छुक देखिएको छ। भुटानको जलविद्युत्मा लगानी गरेर द्विपक्षीय लाभ लिँदै आएको भारतले नेपालमा लगानीको वातावरण बनाए जलविद्युत्‌मा लगानी बढाउने भारतीय अधिकारीहरूले जनाएका कारोबार अनलाइनले लेखेको छ।

         नेपालमा अधिकतम लगानीको वतावरण सिर्जना गर्न र वहुउद्देश्यीय हिसावले आयोजनाहरू वनाएर लगानी विस्तार गर्न पनि उसले नेपाललाई सुझाव दिएको छ। वातावरण बनेमा जलविद्युत्मा जति पनि लगानी गर्न आफू तयार रहेको र यसबाट नेपाल र भारत दुवैले उत्तिकै लाभ लिनसक्ने भारतीय अधिकारीहरूको भनाइ छ। भारतले नेपालमा हालसम्म उत्पादन, पर्यटन, कृषि, ऊर्जालगायतका क्षेत्रमा लगानी गर्दै आएको छ। अन्य क्षेत्रबाट प्रशस्त लाभ उठाउन सके पनि भारतले जलविद्युत् क्षेत्रवाट अपेक्षित फाइदा भने लिन सकेको छैन।

      "नेपालले लगानीको वतावरण वनाए भारत नेपालमा जलविद्युत्का क्षेत्रमा लगानी गर्न चाहान्छ," नेपालका लागि भारतका पूर्वराजदुत रणजीत रायले भन्नुभयो, "यसबाट नेपाल र भारत दुवै देशका जनताले प्रशस्त लाभ लिन सक्नेछन्।" फेडेरेसन अफ इन्डियन चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज (एफआईसीसीआई)ले आयोजना गरेको नेपाली सञ्चारकर्मीसँगको भेटमा रायले नेपाल र भारतबीचको व्यापारिक तथा कुटनीतिक सम्बन्ध विस्तार अझै प्रगाढ र मजवुत हुने वताउनुभयो। "पूर्वाधार विकास र जलविद्युत्मा लगानी गर्न सके नेपालले वृहत्तर रुपमा विकास गर्नसक्ने देखिन्छ," उहाँले भन्नुभयो "यसका लागि नेपालमै भएको दक्ष जनशक्तिलाई स्वरोजगार बनाउन सक्यो भने नेपालमा जुन देखिएको परनिर्भरता न्यून हुने देखिन्छ।" रायले भारतले 'स्कील इन्डिया प्रोग्राम'मार्फत जनशक्ति विकासमा जोड दिएको उल्लेख गर्दै आवश्यक सीपयुक्त जनशक्ति नभए लगानीमात्रले लाभ दिन नसक्ने बताउनुभयो। उहाँका अनुसार भारतीय लगानीकर्ता जलविद्युत्को दृष्टिबाटमात्र नभइ वाढी नियन्त्रण, सिँचाइलगायत विभिन्न कोणवाट नेपालले कोसी, कर्णालीजस्ता ठूला परियोजनामा काम गर्न इच्छुक देखिएका छन्। तर, विद्युत् उत्पादनमा छिमेकी मुलुकसँग समेत सक्रिय भएको भारत पूर्ण रुपमा अझै पनि लोडसेडिङमुक्त हुन सकिरहेको छैन। हाल भारतमा ३ सय प्लस गिगावाट विद्युत् उत्पादनको क्षमता छ।

         भारतीय जलविद्युत् प्रवद्धकका अनुसार दिल्ली, नोयडा, गुडगाउँ आसपास तथा साना सहरमा लोडसेडिङ कायमै छ। भारतलाई आवश्यक पर्ने कुल ऊर्जाको १० प्रतिशत विद्युत् ३ देखि ६ महिनासम्मका लागि दिने विक्रेता आवश्यक रहेको वताउँदै पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) इण्डियाका अध्यक्ष दीपक अमिताभले यसलाई नेपाल–भारत दुईदेशीय समझदारीबाट पूर्ति गर्न सकिने वताउनुभयो। गत साता सार्क उद्यमी सम्मेलनमा सहभागी भएका उनले नेपालका लागि भारत जलविद्युत्को दीर्घकालीन वजार रहेको स्पष्ट पारे। नेपाल र भारतबीच धेरै सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, "नेपालमा ऊर्जाको सम्भावना प्रशस्त छ यहाँ ऊर्जाको ठूलो माग छ, दुवै देशको समझदारी हुन सक्यो भने दुवै देशलाई लाभ हुन्छ।" उहाँका अनुसार भारतको कुल ऊर्जा उत्पादनको ६६ प्रतिशत कोइला, ग्यास तथा खनिज तेलजस्ता थर्मल स्रोतबाट हुने गरेको छ। भारत, भुटान, वंगलादेश र नेपाल (बीबीआइएन)ले जलविद्युत्को क्षेत्रमा प्राप्त उपलव्धिबाट नेपालले फाइदा उठाउनसक्ने अध्यक्ष अमिताभले वताउनुभयो। नेपाललाई जलविद्युत् विकासमा जनशक्ति, प्रविधि र पुँजी आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, "यी देशमा पर्याप्त प्रविधि, तालिमप्राप्त जनशक्तिका साथै लगानीका लागि पैसा पनि उपलब्ध छन्।" प्राइभेट इक्विटी फण्डका रूपमा रहेका उक्त पैसा लगानीको अवसर हेरेर बसेको र त्यसबाट नेपालले जलविद्युत् उत्पादनका लागि अभूतपूर्व अवसर उठाउन सक्ने वताउनुभयो।

        लामो समयको खपतपछि सकिने ती स्रोतको प्रभावकारी विकल्प जलविद्युत् नै रहेको भन्दै उहाँले नेपालले नीतिगत सुधार र लगानीको वतावरण वनए धेरै भारतीय लगानीकर्ता नेपालमा जलविद्युत्मा लगानी गर्न इच्छुक रहेको जानकारी पनि दिनुभयो। "भारतका जलविद्युत् उत्पादन हुने र नहुने प्रदेशबीच हुने मौसमी विद्युत् आदान–प्रदान हुने गरेको छ, नेपालले चाह्यो भने त्यो पनि सम्भव छ," उहाँले भन्नुभयो। उहाँका अनुसार भारतको जम्मुकाश्मिर र हिमाञ्चल प्रदेशमा जलविद्युत् उत्पादन छ, तर विद्युत् उत्पादन कम हुने हिउँदमा उक्त राज्यहरूले पैसा तिरेर वा विद्युत्कै लेनदेनबाट मिलाउने गरिएको छ।

जानकारी तथा लेखहरु