फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूत र उर्जामन्त्री वर्षमान पुनबीच भेटवार्ता

(GMT+08:00) 2018-03-29 15:42:30

         चिनियाँ राजदूत यु होङले उर्जामन्त्री वर्षमान पुनसँग भेट गर्नु भएको छ। बुधबार मन्त्रालयमा मन्त्री पुनलाई भेटेर राजदूत युले अघिल्लो सरकारले रद्द गरेको बुढीगण्डकी परियोजनाबारे पनि चासो देखाउनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

      'चिनियाँ लगानीकर्ताले धेरै लगानी गरिसकेको बुढीगण्डकी रद्द हुँदा उनीहरु निराश भएका छन्,' उहाँले भन्नुभयो। परियोजना सञ्चालन गर्न आवश्यक भूमि अधिग्रहण, कामदार व्यवस्थापन, आयोजनास्थलसम्मको सडक निर्माण, झञ्झटिलो प्रक्रिया, चीनबाट आउने जनशक्तिका लागि भिसामा समस्या, बैंकिङ सुविधाजस्ता समस्या रहेको उहाँको गुनासो थियो।

         चिनियाँ राजदूतले मन्त्री पुनसँगको भेटमा हाल चिनियाँ कम्पनीले करिब ८ सय ५० मेगावाट क्षमताका ११ वटा परियोजनामा काम अघि बढाइरहेको र तीनवटा परियोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको जनाउनुभयो।

         राजदूतको गुनासो सुनिसकेपछि मन्त्री पुनले उर्जा क्षेत्रमा भएका समस्यालाई आफूले तत्काल समाधान गर्ने बताउनु भएको थियो। उहाँले यो सरकारले देशमा लगानीमैत्री वातावरण बनाउने पनि बताउनुभयो।

         प्रधानमन्त्री केपी ओलीले निर्वाचित भएलगत्तै बुढीगण्डकी परियोजना चिनियाँ कम्पनीलाई दिइने बताइएको थियो। 'नेपालमा चिनियाँ कम्पनीले भोगेका समस्याको बारेमा हामी गम्भीर छौँ, त्यसमा देखिएका समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैन,' मन्त्री पुनले भन्नुभयो।

जानकारी तथा लेखहरु