फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीले रारातालबाट देशबासीका नाममा सम्बोधन गर्नुहने

(GMT+08:00) 2018-03-29 15:43:07

        नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट देशबासीका नाममा सम्बोधन गर्ने हुनु भएको छ। नयाँ वर्षको अवसरमा उहाँले बैशाख १ गते मुगुको रारा तालबाट सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल खबर अनलाइनले लेखेको छ।

        कर्णाली प्रदेशले आयोजना गर्ने 'पर्यटन वर्ष २०७५' को उद्घाटन गर्न ओली बैशाख १ गते रारा ताल जानु हुने भएकाले सोही स्थानबाट देशबासीका नाममा सम्बोधन गर्नुहुनेछ। नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को ७ औं महाधिवेशनलाई राजधानीमा उद्घाटन गर्दै ओलीले आफ्नो सम्बोधनका बारेमा जानकारी दिनु भएको हो।

      'कर्णाली प्रदेशले आयोजना गर्ने पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुनेछु', उहाँले भन्नुभयो,'राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ।' आफ्नो सरकार भिन्न नीति र गतीमा सञ्चालन हुने भन्दै ओलीले केही वर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरल्याण्डजस्तो भन्ने दावी गर्नुभयो। उहाँले सरकार जनताको सेवक भएकाले कसैलाई दमन नगर्ने बताउनुभयो। 'सरकार सेवक हो त्यसैले कसैलाई दमन गर्दैन तर जनतालाई दुःख दिने, आतंक फैलाउनेलाई छाड्दैन।'

          सरकारका हरेक अभियान हमलाको शैलीमा अघि बढ्ने भन्दै उहाँले यसपाली आफैं एकजना बालिकालाई विद्यालय भर्ना गराउने र अरु जनप्रतिनिधिलाई पनि त्यसै गर्न लगाउने बताउनुभयो।

जानकारी तथा लेखहरु