फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिशूली–गल्छी जलविद्युत आयोजनामा चीनले लगानी गर्ने

(GMT+08:00) 2018-03-31 16:01:45

         त्रिशूली–गल्छी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्ने भएको छ। छेन्दुस्थित तोङफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले ७५ मेगावाट क्षमताको यो आयोजनामा लगानी गर्न लागेको कान्तिपुर अनलाइनले लेखेको छ।

         सिद्धकाली पावर लिमिटेडले प्रवर्द्धन गरेको आयोजनाको सिभिलतर्फको काम पनि चिनियाँ कम्पनीले नै गर्नेछ। कुल १४ अर्ब ५० करोड लागत अनुमान गरिएको आयोजनामा चिनियाँ कम्पनीले १० अर्ब २९ करोड लगानी गर्नेछ। आयोजनाको प्रवद्र्धक सिद्धकाली पावर र चिनियाँ कम्पनी डोङफाङ इलेक्ट्रिकले बुधबार काठमाडौंमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

         प्रवद्र्धक सिद्धकाली पावरले इन्जिनियरिङ, प्रोकुरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (ईपीसी–एफ) मोडलमा यो आयोजना बन्न लागेको जानकारी दियो। यो मोडलमा बन्न लागेको यो दोस्रो आयोजना हो। यही मोडलमा ४८ दशमलव ८ मेगावाटको खिम्ची २ जलविद्युत् आयोजना पनि बन्दै छ।

त्रिशूली–गल्छीमा चिनियाँ कम्पनीले गरेको लगानी आयोजना सञ्चालन भएको एक वर्षभित्र गर्नुपर्ने सहमति छ।

जानकारी तथा लेखहरु